• सोमबार, १५ भदौ २०८३
  • images

    के महिनावारीको भएको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ ?

    के महिनावारीको भएको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ ?

    मंगलबार, भदौ १ २०७८
    मंगलबार, भदौ १ २०७८
    के महिनावारीको भएको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ ?


    काठमाडौं । नेपालमा अहिले कोरोना भाइरस संक्रमण बढेसँगै कारोना विरुद्धको खोप अभियान पनि बढिरहेको छ । सरकारले अहिले लक्षित वर्गभित्र पर्ने १८ वर्ष माथिका सबैलाई प्राथमिकताका आधारमा खोप प्रदान गरिरहेको छ। खोप कार्यक्रम चलिरहदा धेरै युवती तथा महिलाहरु खोपका विषयमा दुविधामा रहेका छन् । महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्नेबारे अन्यौलता सिर्जना भएको पाइएको छ।
    खोपको विषयमा अध्ययन गरिरहेका विज्ञहरुले हालै मात्र गर्भवती तथा सुत्केरीले पनि खोप लगाउन मिल्ने जनाइसकेका छन्। त्यसैले महिलाहरुले पनि प्राथमिकताको आधारमा पालो आउदा महिनावारी भएको समयमा पनि खोप लगाउन डर मान्न नपर्ने डा गौतमको भनाइ छ।
    बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक गौतम शर्माले महिनावारी भएको समयमा खोप लगाउन मिल्ने जानकारी दिनुभयो । ‘महिनावारी भएको समयमा महिलाहरुले खोप लगाउन मिल्छ,’ डा गौतमले भने, ‘महिनावारीको समयमा खोप लगाउँदा कुनै असर गर्दैन।’

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार