• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर अमिर उप्रेतीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु  

    डाक्टर अमिर उप्रेतीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु  

    स्विमिङ पुलमा डुबेर रेजिडेन्ट चिकित्सक उप्रेतीको निधन भएको हो ।

    सोमबार, वैशाख २८ २०८३
    सोमबार, वैशाख २८ २०८३
    डाक्टर अमिर उप्रेतीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु  

    पोखरा, २८ वैशाख । पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी)मा अध्ययनरत एक जना रेजिडेन्ट चिकित्सकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ।

    मृत्यु हुनेमा काठमाडौं निवासी २९ वर्षीय डा. अमिर उप्रेती हुनुहुन्छ । उहाँ गण्डकी मेडिकल कलेजमा नाक, कान तथा घाँटी रोग (ईएनटी) विषयअन्तर्गत एमएस दोस्रो वर्षमा अध्ययनरत रहेको कलेज प्रशासनले जनाएको छ।

    कलेजका प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठका अनुसार घटना २६ वैशाख साँझ पोखराको बुलौंदी क्षेत्रमा रहेको जंगल फरेस्ट रिसोर्टमा भएको हो। काठमाडौंबाट आएका आफ्ना एक साथीसँग उहाँ स्विमिङ गर्न जानुभएको थियो ।

    स्विमिङ गर्ने क्रममा डा. उप्रेती अचानक पानीमा डुब्नुभएको थियो ।

    सँगै रहेका साथीले तत्काल उद्धारको प्रयास गरे पनि उप्रेतीको ज्यान जोगाउन नसकिएको प्रहरी स्रोतले जनाएको छ।

    घटनापछि कलेज परिवार शोकमा डुबेको जनाइएको छ। प्रिन्सिपल डा. श्रेष्ठले डा. उप्रेती मेहनती र सम्भावनायुक्त चिकित्सक रहेको उल्लेख गर्दै उहाँको निधनले मेडिकल कलेजलाई ठूलो क्षति पुगेको बताउनुभयो।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार