• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    डाक्टर गणेश थापाको जहाज दुर्घटनामा मृत्यु

    डाक्टर गणेश थापाको जहाज दुर्घटनामा मृत्यु

    हेल्दीखबर
    आइतबार, माघ १ २०७९
    हेल्दीखबर
    आइतबार, माघ १ २०७९
    डाक्टर  गणेश थापाको जहाज दुर्घटनामा मृत्यु

     काठमाडौँ, १ माघ । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा डा गणेश थापाको मृत्यु भएको छ ।

     डा थापा गोरखा वेयलफेयर स्किम पोखरामा कार्यरत हुनुहुन्थ्यो । ललितपुरको पाटन अस्पतालमा कार्यरत श्रीमतीलाई भेटेर आज यति एयरलायन्सको विमानमा  पोखरा जादै हुनुहुन्थ्यो ।  आजको दुर्घटनाग्रस्त विमानको यात्रुहरुमा मेरो भतिजो पनि पर्‍यो डा थापाका काका अजय सिंह थापाले भन्नुभयो ।

    images

    डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको थियो। उहाँले अस्ट्रेलियाबाट एमपिएच अध्ययन पूरा गरेका गर्नुभएको थियो। 

    पोखरामा काम गर्नुअघि उहाँले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गर्नुभएको थियो। 

    डा गणेशको शव सनाखत भइसकेको काका डा अजयसिंह थापाले जानकारी दिनुभयो ।

    चालक दलका चार सदस्य सहित ७२ जना सवार विमान दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा सुशील श्रेष्ठ (३८), उहाँकि श्रीमती डा सोना दिवाकर (३६) उनको १० महिने शिशुकोको शव सनाखत भइसकेको छ ।

     नेपाल चिकित्सक संघले दुर्घटनामा ज्यान गुमाएका तीन चिकित्सक सहित सबै यात्रुहरु प्रति दुख व्यक्त गरेको छ । संघका महासचिव डा बद्री रिजालले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गर्नुभएको छ । nma-718x1024.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार