• सोमबार, १५ भदौ २०८३
  • images

     झाडापखालाबाट ७ वर्षीय बालकको मृत्यु, तीन जना उपचाररत 

     झाडापखालाबाट ७ वर्षीय बालकको मृत्यु, तीन जना उपचाररत 

    आइतबार, वैशाख १३ २०८३
    आइतबार, वैशाख १३ २०८३
     झाडापखालाबाट ७ वर्षीय बालकको मृत्यु, तीन जना उपचाररत 

    डडेल्धुरा, १३ वैशाख । डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ। 

    अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत पर्ने परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोप देखिएको हो।

    एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा ७ वर्षीय युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो। 
    जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार मृतककी आमा र अन्य तीन बालबालिकालाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। उहाँका अनुसार तीनै जना बालबालिकामा झाडापखाला देखिएको छ भने आमा अत्यधिक तनावका कारण स्वास्थ्य समस्याबाट प्रभावित भएको बताइएको छ।

    उनीहरूमा हैजाको आशंकामा गरिएको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा दूषित खाना (फूड पोइजनिङ)  का कारण झाडापखाला र बान्ता भएको हुन सक्ने चिकित्सकहरूको अनुमान छ।

    हाल उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यस घटनापछि स्थानीय स्तरमा खानेपानी र खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार