• सोमबार, १५ भदौ २०८३
  • images

     डेंगु, हैंजा र झाडापखालाबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

     डेंगु, हैंजा र झाडापखालाबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

    हेल्दीखबर
    शुक्रबार, असोज २१ २०७९
    हेल्दीखबर
    शुक्रबार, असोज २१ २०७९
     डेंगु, हैंजा र झाडापखालाबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौं,२१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु , झाडापखाला र हैजाबाट बच्न आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गर्नुभएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशका सातै प्रदेशका ७६ जिल्लामा ३१ हजार १०३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ भने ४१ जनाको मृत्यु भएको छ।

    हैजाबाट बच्न पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर पिउन डा. अधिकारीको आग्रह छ । साथै, व्यक्तिगत सरसफाईमा ध्यानदिन, बासी सडेगलेका खानेकुरा नखान, खानालाई छोपेर राख्न, काँचै खाना मिल्ने फलफुल र तरकारीको सरसफाईलाई विशेष ध्यान पु¥याउन डा. अधिकारीको सुझाव छ । उहाँले खुल्ला रुपमा दिसापिसाब नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचिमिचि हात धुन आग्रह गर्नु भएको छ । 
    डा. अधिकारीले डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, पुरै शरिर ढाक्ने लुगा लगाउन आग्रह गर्नुभएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार