• सोमबार, १५ भदौ २०८३
  • images

    कपिलवस्तमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख

    कपिलवस्तमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख

    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    कपिलवस्तमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख

    कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा दश दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले प्रकोपको रुपमा फैलिएको रोग नियन्त्रणमा आएको बताउनुभएको छ । असोज १७ गते आइतबार पहिलो पटक शिवराज अस्पतालमा विरामी देखिए पनि अर्को दिनदेखि रोग फैलिन सुरु गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार झाडापखाला प्रभावित क्षेत्रमा विरामीको संख्या न्यून रहेको जनाइएको छ । उहाँका अनुसार केही दिनभित्र पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
    आज (मंगलबार) विहान अस्पतालका १४ जना बिरामी उपचाररत रहेको बताइएको छ । हाल सम्म प्रभावित हुनेको सख्या ७५८ पुगेको छ । जसमध्ये ७०३ जना उपचार पछि घर फर्किएका छन् । ४१ जना लाई कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताउनुभयो ।
    जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विश्लेषण अनुसार विरामी हुने मध्ये धेरै जसो बालबालिका रहेका छन् । कार्यालयका अनुसार ११ वर्ष भन्दा कम उमेरका २११ बालबालिकाका विरामी भएका छन् । यसैगरी ११–२१ उमेर समुहका २१४ जना रहेका छन् । ५४ प्रतिशत महिला रोगबाट प्रभावित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार झाडापखालाका कारण ३ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षका पुरुषका घरमा, एक जना सात वर्षीय बालकको निजी क्लिनिकमा र पाँच वर्षीया बालिकाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।
    यता, समुदायमा थप तीन जनाको झाडा पखालाको कारण मृत्यु भएको दाबी गरिएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नं. ८ कोटवाका एक महिला, कृष्णनगर नगरपालिका सुखरामपुरका २७ दिनको एक बालक र बहादुरगन्जको एक महिलाको गर्भ तुहिएको छ । मृत्यु भएको जानकारी आए पनि झाडापखाला वा अन्य कारणले हो भन्ने पुष्टि हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार