• सोमबार, १५ भदौ २०८३
  • images

    भ्रष्टाचारको आरोपमा स्वास्थ्य शाखा प्रमुख सहित चार जना विरुद्ध मुद्दा दायर

    भ्रष्टाचारको आरोपमा स्वास्थ्य शाखा प्रमुख सहित चार जना विरुद्ध मुद्दा दायर

    बुधबार, माघ २१ २०८२
    बुधबार, माघ २१ २०८२
    भ्रष्टाचारको आरोपमा स्वास्थ्य शाखा प्रमुख सहित चार जना विरुद्ध मुद्दा दायर

    काठमाडौं, २० माघ ।  हुम्ला ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित  चारजनाविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल,स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका सञ्चाअलक कृष्ण कुमार भुजुवाविरुद्ध  बुधबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

    आयोगका अनुसार उनीहरूविरुद्ध स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो।

     सोही उजुरीका आधारमा छानबिन हुँदा गाउँपालिकाको स्वास्थ्य उपकरण खरिद गर्दा वदनियतपूर्ण तवरले खरिद गरेको भन्दा बढी औषधिको विवरण थप गरी १ लाख  ९१ हजार ८५० रुपैयाँ भुक्तानी लिएको खुल्न आएको अख्तियारको दावी छ।

    उनीहरूमध्ये  निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल र स्वास्थ्य शाखा प्रमुख स्याङ्कू र सह लेखापाल सुनारविरुद्ध १ लाख ९१ हजार  ८५० रुपैयाँ र आर्यन फार्मा नेपालगञ्जका सञ्चालक भुजुवालाई १ लाख ९० हजार ८०० विगो माग  र सजाय माग गरिएको आरोप-पत्रमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार