• मंगलबार, ३ कात्तिक २०८३
  • images

    बीपी क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा

    बीपी क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा

    सोमबार, असार १७ २०८१
    सोमबार, असार १७ २०८१
    बीपी क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा

    काठमाडौं, १७ असार ।  चितवनको भरतपुरस्थिती बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका  प्रशासनतर्फका एक  कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ। 

    अख्तियारले बढुवाका लागि पेश गरेको कागजात नक्कली भएको आरोपमा अस्पतालको प्रशासनतर्फका जुनियर असिस्टेन्ट सुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा आइतबार  मुद्धा दायर गरेको हो।

    images

    तामाङ्ले असिस्टेन्ट पदमा बढुवाको लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारको आरोप छ।
    उनले श्री पद्मोदय माध्यामिक विद्यालय रामशाह पथ काठमाडौंबाट एसएलसी उत्तीर्ण गरेको भनी जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएको अख्तियारले प्रेश विज्ञप्तीमा उल्लेख गरेको छ।


    नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा  सुक बहादुर तामाङ्लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी अख्तियारले गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार