• सोमबार, १५ भदौ २०८३
  • images

    अस्पतालका कर्मचारीबिरुद्ध मुद्धा दायर , भ्रष्टाचारको आरोप

    अस्पतालका कर्मचारीबिरुद्ध मुद्धा दायर , भ्रष्टाचारको आरोप

    आइतबार, पुस ७ २०८१
    आइतबार, पुस ७ २०८१
    अस्पतालका कर्मचारीबिरुद्ध मुद्धा दायर , भ्रष्टाचारको आरोप

    काठमाडौँ ७ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले अस्पतालको जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको हो ।


    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपालले विद्यालय तहको नक्कली शैक्षिक प्रमाण(पत्र पेस गरी बढुवा भएको भन्ने उजुरीका आधारमा छानबिन गरिएको थियो ।

    छानबिनका क्रममा नेपालले क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि एसएलसीको लब्धाङ्‍कपत्र र परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौंको नामको चारित्रिक प्रमाणपत्र नक्कली पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार