• सोमबार, १५ भदौ २०८३
  • images

    स्वदेशी उत्पादक तथा पैठारीकर्ताले स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउनुपर्ने 

    स्वदेशी उत्पादक तथा पैठारीकर्ताले स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउनुपर्ने 

    दोस्रो पटक १५ दिनको समय थप

    सोमबार, माघ १२ २०८२
    सोमबार, माघ १२ २०८२
    स्वदेशी उत्पादक तथा पैठारीकर्ताले स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउनुपर्ने 

    काठमाडौँ, १२ माघ । स्वेदशी उत्पादक तथा पैठारीकर्ताहरुले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलव्ध गराउनुपर्ने भएको छ । 

     औषधी व्यवस्था विभागले  स्वेदशी उत्पादक तथा पैठारीकर्ताहरुलाई प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलव्ध गराउन थप १५ दिनको समय दिएको छ ।

    यसअघि विभागले १४ पुसमा सूचना जारी गर्दै स्वदेशी उत्पादक तथा पैठाकरीकर्तालाई एक साता भित्र विवरण उपलव्ध गराउन समय दिएको थियो । 


    विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री बितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षण सम्वन्धी काम कारवाहीलाई व्यवस्थित गर्न बनेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम विवरण माग गरेको हो ।

    त्यसमा अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डाइग्नोस्टिक, अपरेसन थेटरमा प्रयोग हुने स्वास्थ्य सामग्रीका साथ कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज लगायतका सामग्रीहरु रहेका छन् ।

    विभागले आइतबार जारी गरेको सूचनामा गत १४ पुसको सूचना अनुसार अधिकांश स्वदेशी उत्पादक तथा पैठारीकर्ताबाट विवरण उपलव्ध भईसकेको र केही स्वदेशी उत्पादक तथा पैठारीकर्ताले उक्त सूचना प्राप्त नगरेका कारण विवरण अध्यावधिक गर्न नसकेकोले म्याद थप गरिएको भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार