• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बायोप्लस मेडिको प्रालि एक वर्षका लागि कालोसूचीमा

    बायोप्लस मेडिको प्रालि एक वर्षका लागि कालोसूचीमा

    बिहीबार , जेठ २८ २०८३
    बिहीबार , जेठ २८ २०८३
    बायोप्लस मेडिको प्रालि एक वर्षका लागि कालोसूचीमा

    काठमाडौं,२८ जेठ । औषधि आपूर्तिकर्ता कम्पनी बायोप्लस मेडिको प्रालि लाई एक वर्षका लागि कालोसूचीमा परेको छ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार कम्पनीलाई २०८३ जेठ १३ गतेदेखि २०८४ जेठ १२ गतेसम्म कालोसूचीमा राखेको हो। कालोसूचीको अवधि समाप्त हुने मिति २०८४ जेठ २६ गते (मे २६, २०२७) तोकिएको छ।

    images

    कम्पनीलाई कालोसूचीमा राख्न डाक्नेश्वरी नगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिससहित पत्राचार गरेको थियो। नगरपालिकाले ‘सप्लाइ एन्ड डेलिभरी अफ भेरियस टाइप्स अफ मेडिसिन्स एन्ड सर्जिकल गुड्स’ सम्बन्धी खरिद प्रक्रियासँग जोडिएको विषयमा आवश्यक कारबाहीका लागि पत्र पठाएको जनाएको छ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कम्पनीमाथि गरिएको कारबाही सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम गरिएको हो।

    कालोसूची अवधिभर उक्त कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ।

    काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित कार्यालय रहेको कम्पनीका सञ्चालकमा शर्मिला कुमारी श्रेष्ठ र सन्तोष श्रेष्ठ हुनुहुन्छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रणालीमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम राख्ने उद्देश्यले नियमविपरीत कार्य गर्ने आपूर्तिकर्ता तथा निर्माण व्यवसायीमाथि समय–समयमा कालोसूचीको कारबाही गर्दै आएको जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार