• सोमबार, १५ भदौ २०८३
  • images

    मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ:   स्वास्थ्य मन्त्री शर्मा 

    मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ:   स्वास्थ्य मन्त्री शर्मा 

    बुधबार, मंसिर २४ २०८२
    बुधबार, मंसिर २४ २०८२
    मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ:   स्वास्थ्य मन्त्री शर्मा 

    काठमाडौं, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले मानसिक स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । 

    मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ कार्यक्रममा मन्त्री गौतमले शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै काम भएकोले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताउनुभयो। 

    सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्ने कसरत गरिरहेको जानकारी दिनुभयो ।

     देशको पछिल्लो परिस्थितिले प्रत्येक परिवार मानसिक स्वास्थ्य समस्यामा रहेको उहाँको भनाई छ।  

    स्वास्थ्य मन्त्रालयका कर्मचारीले मानसिक स्वास्थ्यका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएकोमा  धन्यवाद  व्यक्त गर्नुभयो। यसअघि स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्यका कार्यक्रमलाई समावेश गरेपनि कामको गति सुस्त रहेकोले त्यस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको उहाँको भनाई थियो। 

    विभिन्न दातृ निकायहरुको प्राथमिकतामा मानसिक स्वास्थ्य परेकोमा उनले खुसी व्यक्त गरिन्। वैदेशिक रोजगारीका क्रममा रहेका केही श्रमिकहरूको मानसिक स्वास्थ्य अवस्था एकदमै नाजुक अवस्थामा रहेको उनले बताउनुभयो ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूमा मानसिक स्वास्थ्य परामर्शदाताको दरबन्दी एकदमै न्यून रहेको उहाँको भनाइ थियो। यद्यपि मन्त्रालयले तालिमको व्यवस्था गरी मनोपरामर्श सेवाको कामलाई अगाडि बढाएको  बताउँनुभयो।

    उहाँले मानसिक स्वास्थ्य मेडिकलको मात्र नभई सामुदायिक विषय पनि भएकोले गाउँ गाउँमा परामर्शदाताहरू खटाएर यसबारे सचेतना फैलाउन सरकारले काम गरिरहेको बताउनुभयो ।


    अभियानका लागि आवश्यक बजेट यसपटक रकमान्तर गरेरै भए पनि जोहो गरिने बताउनुभयो। मन्त्री डा शर्माले युवा तथा किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सर्ब पक्षीय रुपमा कदम चाल्नु पर्ने बताउनुभयो।

    कार्यक्रममा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्य समस्या घटाउन समुदायमा व्यक्तिहरुबीच एक अर्काको कुरा सुन्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।

    त्यसअघि स्वास्थ्य क्षेत्रसंग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अभियानमा सहयोग गर्ने प्रतिवद्धता सहितका धारणा व्यक्त गरेका थिए ।

    नेपालमा १० जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिएको छ। कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलिया, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मानसिक स्वास्थ्य शाखा प्रमुख पोमावती थापा, सूचना केन्द्रका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना लगायतले मानसिक स्वास्थ्यको अवस्था र सरकारले चालेका कदमबारे प्रस्तुति राख्नुभयो ।

    ‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा सहित आजबाट सुरु भएको मानसिक स्वास्थ्य सचेतना अभियान मार्च १४ सम्म सञ्चालन हुनेछ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार