• मंगलबार, ३ कात्तिक २०८३
  • images

    मानसिक समस्याका कारण समाजमा अपराधिक घटना बढे

    मानसिक समस्याका कारण समाजमा अपराधिक घटना बढे

    मानसिक स्वास्थ्यमा सरकारको ध्यान गएन

    आइतबार, फागुन १३ २०८०
    आइतबार, फागुन १३ २०८०
    मानसिक समस्याका कारण समाजमा अपराधिक घटना बढे

    काठमाडौँ, १३ फागुन । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक स्वास्थ्यमा सरकारको ध्यान पुग्न नसकेको बताएकी छन् ।

    देशमा मानसिक समस्या बढ्दै गएको भन्दै उनले  वर्तमान सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    images

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताइन् ।
     आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारले।केहि गर्न नसकेको बताइन् ।

     मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् । उनले केही दनिअघि ललतिपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन्। त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे। आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ। डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ। 

    यसतर्फ सरकारको ध्यान जान आवश्यक छ। २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो। त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ । दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ। सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन्।’

    उनले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार