• सोमबार, २ कात्तिक २०८३
  • images

    मानसिक स्वास्थ्य सचेतना अभियान आजबाट सुरु

    मानसिक स्वास्थ्य सचेतना अभियान आजबाट सुरु

    स्वास्थ्यमन्त्री र सचिवले अभियानको उद्घाटन गर्ने 

    बुधबार, मंसिर २४ २०८२
    बुधबार, मंसिर २४ २०८२
    मानसिक स्वास्थ्य सचेतना अभियान आजबाट सुरु

    काठमाडौँ, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य सचेतना अभियान  सुरु गर्ने भएको छ । 

    आज एक कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य मन्त्री डा सुधा शर्मा गौतम र सचिव डा विकास देवकोटाले अभियानको सुरुवात गर्दै हुनुहुन्छ ।

    images

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा.राधिका थपलियाले विश्व मानव अधिकार दिवसको अवसर पारेर १० डिसेम्बरदेखि तीन महिनासम्म ‘स्वस्थ मन, स्वस्थ जीवन, मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ सुरु गर्न लागेको जानकारी दिनुभयो । 

    विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको मानसिक रोग बारेमा जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य अभियान सञ्चालन गर्न लागेको हो । 

    सरकारको निर्णय अनुसार नै विश्व मानव अधिकार दिवसको अवसर पारेर १० डिसेम्बरदेखि तीन महिनासम्म ‘स्वस्थ मन, स्वस्थ जीवन, मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ सुरु गर्न लागेको हो ।

    थपलियाले  अभियान ‘मनको कुरा गरौँ’ भन्ने नाराका सहित मङ्सिर २४ गतेदेखि फागुन ३० गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिनुभयो । 

    अभियानमा आ–आफ्नो क्षेत्रबाट सहभागिता जनाउन र साझेदारी गर्न हरेक व्यक्ति, संस्था र निकायसँग निरन्तर सहकार्य गरिने उहाँको भनाइ छ । 

    केन्द्रका वरिष्ठ प्रशासक उपेन्द्र ढुङ्गानाले  अभियानले किशोर, किशोरी युवा, आम जनमानसलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
    उहाँले युवा तथा आमसर्वसाधरण तथ्यपरक, सहयोगी तथा भेदभाव रहित जानकारीमूलक सूचनामार्फत मानसिक स्वास्थ्य समस्याको स्वस्थ तरिकाले सामना गर्ने बताउनुभयो ।

    सीप युवाहरूमा सामुहिक रूपमा स्वस्थ रहने प्रक्रियालाई प्रवर्धन गर्ने यस अभियानको लक्ष्य रहेको केन्द्रका ढुङ्गानाको भनाइ छ ।

     उहाँका अनुसार मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने छ।

    मानसिक समस्याको स्वस्थ तरिकाले सामना गर्ने सीप तनाव व्यवस्थापनलाई प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य र सहयोग खोज्ने व्यवहारसँग सम्बन्धित भ्रमहरू तथा भेदभावहरू हटाउने, समुदायका अगुवा, धार्मिक व्यक्तित्व, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा प्रभावशाली व्यक्तित्वलाई सङ्लन गराइ मानसिक स्वास्थ्य संवादलाई सामान्यीकरण गर्ने यस अभियानको उद्देश्य छ । 

    पहिलो र दोस्रो हप्तामा भावना र तनावको अभिव्यक्तिलाई स्वीकार्ने र सामान्य बनाउने, तेस्रो र चौथौ तनाव सामना गर्ने तरिका, स्व हेरचाह, परिवार र समुदायको सहयोग, दैनिक तनाव व्यवस्थापन गर्ने ।

    पाँचौँ र छैटौँ हप्ता रोग विशेष परिचय गर्ने, सातौँ र आठौँ हप्ता सहयोग खोज्ने र मानसिक सामाजिक परामर्श गर्ने नवौँ र १० औँ हप्तामा आत्महत्या रोकथाम, ११औँ र १२ औँ हप्तामा सम्बन्ध जोड्ने र समापन गर्ने कार्यक्रम तय गरेको छ ।   

    प्रतिक्रिया दिनुहोस
    थप समाचार