• सोमबार, २ कात्तिक २०८३
  • images

    चार प्रतिशत जनसंख्यामा मानसिक समस्या

    चार प्रतिशत जनसंख्यामा मानसिक समस्या

    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    चार प्रतिशत जनसंख्यामा मानसिक समस्या

     

    काठमाडौं ।  नेपालमा चार प्रतिशत जनसंख्यामा मानसिक स्वास्थ्य समस्या रहेको छ ।

    images

    राष्ट्रिय स्वास्थ्य सर्भेक्षण २०७७ का अनुसार देशको कुल जनसंख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पनि  ११  लाख जनता मानसिक समस्या झेल्नुपरेको छ ।

     विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य र लागू औषध दुव्र्यसनका कारण विश्वमा प्रमुख रुपमा पाँच मध्ये एक अपांग सहितको जीवन बाच्नु परेको छ । यो अवस्था नेपाल जस्तो न्युन आय भएको मुलुकमा अझ बढी भएको बताइन्छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले कोरोना महामारीमा समेत मानसिक स्वास्थ्य समस्या झनै विकराल बनेको बताउनुभयो ।

    यस्तै थप १३ देखि १७ बर्ष उमेरका ५ दशमलब २ प्रतिशत किशोर किशोरीहरुले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् । यसको परिणामस्वरुप  ६ दशमलब ५ प्रतिशत बयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्यको सोच रहेको अनुभव गरेका छन् ।

    नेपाल प्रहरीको तथ्यांक अनुसार गत आथिृक बर्षमा हरेक दिन औषत २० जना व्यक्तिले आत्महत्या गरेका छन् । विगतका वर्षभन्दा यो  १३ दशमलब ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सरकारले यसबर्ष देशभरका १३ सरकारी अस्पतालमा १० शैयाका दरले कुल १३० शैया मानसिक स्वास्थयको लागि छुट्याएको छ ।

    उहाँले कोरोनाकालमा मानसिक स्वास्थको अवस्थजा झनै जटिल बन्दै गएको भन्दै संक्रमणको त्रास उत्पन्न सामाजिक आर्थिक र शैक्षिक असमानता बढेको बताउनुभयो ।

           हरेक वर्ष १० अक्टुवरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो वर्ष असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नाराका साथ विश्वभर मनाईदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रुपमा मनाइयो ।

           मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा नगर्दा पनि मानसिक स्वास्थ्य झनै विकराल भएको छ । विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा  स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार