• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुखसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा 

    स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुखसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा 

    ३१ लाख १७ हजार रुपैयाँ बिगो माग

    सोमबार, मंसिर ८ २०८२
    सोमबार, मंसिर ८ २०८२
    स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुखसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा 

    काठमाडौं, ८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख अर्जुन सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । 

    सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ लाख १७ हजार रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

     कोभिड १९ विरुद्धको सुरक्षा सामाग्री खरिदमा अनियमितता भएको भन्दैं अख्तियारले सापकोटासहित केन्द्रका तत्कालीन लेखा अधिकृत (मुल्यांकन समितिका सदस्य) राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मुल्यांकन समितिका सदस्य) राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रीजेरेटर टेक्नीसियन रवीकुमार महतो (मुल्यांकन समितिका सदस्य)र तत्कालीन बायोमेडिकल इन्जिनियर (मुल्यांकन समितिका सदस्य) राजेश्वर कमली विरुद्ध मुद्धा दायर गरेको छ । 
    तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका नवराज श्रेष्ठ विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो ।
     उनीहरु सबैबाट ३१ लाख १८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार