• सोमबार, १५ भदौ २०८३
  • images

    पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    बिहीबार , कात्तिक २० २०८२
    बिहीबार , कात्तिक २० २०८२
    पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ, २० कात्तिक । बिहीवार र शुक्रबार छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधि खुवाइँदै छ।

     १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाइँदै छ।

    नेपाल सरकारले हरेक वर्ष कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो।


    देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

    यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिँदै छ।

    सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार