काठमाडौँ,२ कार्तिक । पाँच वर्ष भन्दा मुनिका बालबालिकाहरुलाइ आज र भोली भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधि खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालका अनुसार कार्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइने कार्क्रम रहेको छ।
उहाँले १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने जानकारी दिदै यसबाट करिब २७ लाख बालबालिका लाभान्वित हुने बताउनुभयो ।
बालबालिकालाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाइने छ। सरकारले २०५३ सालदेखी भिटामिन ए खुवाउदै आएको छ।