• सोमबार, १५ भदौ २०८३
  • images

    २७ लाख बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ खुवाइने

    २७ लाख बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ खुवाइने

    हेल्दीखबर
    आइतबार, कात्तिक ७ २०७८
    हेल्दीखबर
    आइतबार, कात्तिक ७ २०७८
    २७ लाख बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ खुवाइने

    काठमाडौंं । आज र भोली देशभर  भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । 
     राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत आज र भोली (कात्तिक ७ र ८) गते  भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । 
    स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले  छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुुकाको औषधि खुवाइने बताउनुभयो । 
    नियमित कार्यक्रम अनुसार कात्तिक तीन र चार गते खुवाउनुपर्ने भिटामिन ए यो वर्ष दशै परेकोले कात्तिक सात आठ गते खुवाउन लागिएको हो । 
    परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने जानकारी दिनुभयो । प्रमुख पराजुलीले २४ लाख बालबालिकाहरुलाई जुकाको औषधि (अल्बेण्डाजोल) खुवाउन लागिएको बताउनुभयो । 
    पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने जानकारी दिनुभयो । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले  २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि पनि  २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ ।
    पराजुलीले स्वास्थ्यकर्मीले कार्यक्रमको सुपरीवेक्षण गर्ने जानकारी दिदै पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 
    मन्त्रालयका प्रवक्ता पौडेलले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार