• सोमबार, १५ भदौ २०८३
  • images

    नर्ससंगको वार्ता सफल, निजी स्वास्थ्य संस्थाका नर्सले सरकारी सरह तलब पाउने

    नर्ससंगको वार्ता सफल, निजी स्वास्थ्य संस्थाका नर्सले सरकारी सरह तलब पाउने

     सहमतिपत्रमा कार्यदलका सबै सदस्यको हस्ताक्षर

    कार्यदलको समय एक महिना थपियो

    शनिबार, कात्तिक १५ २०८२
    शनिबार, कात्तिक १५ २०८२
    नर्ससंगको वार्ता सफल, निजी स्वास्थ्य संस्थाका नर्सले सरकारी सरह तलब पाउने

    काठमाडौँ, १५ कात्तिक । नर्सको माग पुरा गराउन शनिबार साँझ भएको वार्ता सफल भएको छ । 

    आज भएको वार्तामा कार्यदलका सम्र्पूण सदस्यले हस्ताक्षर गर्नुभएको छ । 
     
    मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी वार्ता सफल भएको जानकारी दिनुभयो । ठूला अस्पताल र मेडिकल कलेजले कात्तिक महिनादेखि शतप्रतिशत (३४७३०) रुपैँया तलब दिनेगरि सम्झौता भएको छ । अन्य निजि अस्पतालको हकमा हाललाई सरकारी तलब (३७,७३०) को ८० प्रतिशत (२७,७८४) तलब दिने गरी सहमति भएको छ, प्रवक्ता डा.बुढाथोकीले भन्नुभयो,“कार्यदलले प्रतिवेदन बुझाएपछि अरु अस्पतालका नर्सले पनि सरकारी तलब सरह पारिश्रमिक पाउनेछन् ।”

     उहाँका अनुसार  कार्यदलको अवधि एक महिना थपिएको छ ।
    जेनजीको प्रतिनिधीको रुपमा आउनुभएको नर्सले भने सहमतिपत्रमा हप्ताक्षर गर्नुभएको छैन। सरकारी सरह तलबभत्ता मात्र होइन, पोशाक भत्ता, हजाड, रात्रिकालिन भत्ता लगायत सम्र्पूण भत्ता दिनुपर्ने भन्दै उहाँले हस्ताक्षर गर्न मान्नुभएन, डा.बुढाथोकीले भन्नुभयो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न वार्तामा स्वास्थ्य मन्त्री डा सुधा शर्मा, सचिव डा  विकास देवकोटा, सरकारद्धारा गठित समितिका संयोजक डा श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार