काठमाडौँ, ३१ भदौ । आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच भएको वार्ता सहमति नजिक पुगेको छ ।
संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले हेल्दीखबरलाई दिनुभएको जानकारी अनुसार वार्ता सहमति नजिक पुगेको हो ।
वार्ता सहमतिसंगै टुंगिन लागेको छ,डा.कार्कीले भने अब केहीछिनमै सहमतिमा पुग्छौँ ।’
चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारसँग वार्ता भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो।
अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव रहेका छन् ।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।