• सोमबार, १५ भदौ २०८३
  • images

    सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा छुट

    सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा छुट

    शनिबार, कात्तिक १ २०८२
    शनिबार, कात्तिक १ २०८२
    सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा छुट

    काठमाडौं,१ कार्तिक । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। बैंकले यस सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र नगद कारोबार घटाई डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

    बैंकले डिजिटल बैंकिङ प्रयोगलाई प्रोत्साहन गर्न निरन्तर रूपमा ग्राहकमैत्री योजनाहरू सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबारमा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध छ।

    ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त सिटिजन्स बैंकले हालै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। त्यस्तै, फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सुरु गरेको छ।

    बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र ऋण नम्बर सेवा लिन सकिने सुविधा, तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद लिन सक्ने ‘क्रस बैंक टेलर सेवा’ पनि सञ्चालनमा ल्याएको छ।

    सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ४४ हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार