काठमाडौँ, ९ भदौ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य नीति २०८२ ल्याएको छ ।
प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको थियो।
स्वास्थ्य नीतिमा प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकताअनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त र उचित लगानी हुन नसक्नुलगायत समस्या उल्लेख गरिएको छ।
प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीटजन्य रोगको सङ्क्रमणदर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन्।
हेरौँ कोशी प्रदेशको स्वास्थ्य नीतिः