• सोमबार, १५ भदौ २०८३
  • images

    विरगञ्जमा हैजा प्रकोपः स्वास्थ्यकर्मी परिचालन

    विरगञ्जमा हैजा प्रकोपः स्वास्थ्यकर्मी परिचालन

    स्वास्थ्य मन्त्री हैजा प्रभावित क्षेत्रमा 

    सोमबार, भदौ ९ २०८२
    सोमबार, भदौ ९ २०८२
    विरगञ्जमा हैजा प्रकोपः स्वास्थ्यकर्मी परिचालन

    काठमाडौँ, ८ भदौ । विरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि मधेश प्रदेश सरकारले स्वास्थ्यकर्मी परिचालन गरेको छ । 

    सरकारले हैजा नियन्त्रणका लागि थप २४ जना नर्स पठाएको छ । 

    हैजा प्रभावित क्षेत्रमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह पुग्नुभएको छ । 

    May be an image of 5 people and text

     

    उहाँले हैजा रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र निकायलाई परिचालन गरिसकेको जानकारी दिनुभयो । 

    मन्त्री सिंहले हैजा महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति, औषधी र किटहरुको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । हैजा परीक्षणको लागि ५०० किट स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । 

    उहाँले स्वास्थ्यका सबै निकायलाई अलर्ट अवस्थामा राखेको जानकारी दिदै बिरामीको उपचारमा कुनैपनि कमी  हुन नदिने बताउनुभयो । उहाँले औषधि, उपकरण, जनशक्तिको  व्यवस्थापन गरिसकेको बताउनुभयो ।

    May be an image of 9 people and people studying


    स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले खानेपानीको कारण हैजा फैलिएको जानकारी दिनुभयो । उहाँले ट्युवको पानी खाँदा हैजा संक्रमित पानी मिसिएको भन्दै यसबारे थप अध्ययन खानेपानी मन्त्रालयले गरिरहेको बताउनुभयो । 
     

    महामारी फैलिदै गएपछि स्वास्थ्यले गत शुक्रबारबाट प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली वीरगञ्जमा खटाएको छ । यस्तै प्रदेश आपूर्ति प्रमुख  सुनिल कुमार कुसुवाह र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुर नेतृत्वको अर्को टोली पनि वीरगञ्जमा परिचालन भईरहेको छ ।

    आइतबारको बैठकमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधी उपलब्ध गराइसकेको जानकारी गराउनुभयो ।  नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक, १० जना पारामेडिक्स स्टाफ र  स्टार्फ नर्सहरुलाई पठाइसकेको छ ।

    प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसंगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधी र जनशक्ति उपलब्ध गराउँदै जाने उहाँले बताउनुभयो । 

    May be an image of 5 people, people studying and hospital

    जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार आइतबार रातीसम्म ७३ जनामा हैजा पुष्टि भइसकेको जानकारी गराउनुभयो । 

     हैजा पुष्टि भएका मध्ये २२ जनाको विभिन्न अस्पतालको आईसीयूमा र ६ जनाको एचडीयूमा उपचार भइरहेको छ । 
    वीरगञ्जमा २०० बढीको संख्यामा झाडापखालाका बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार