आइसियुमा उपचार हुँदै
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप दुई जनामाबिरामीमा हैजा (कोलेरा) पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी तथा प्रशासन प्रमुख नवराज गौतमले ललितपुर सानेपाका एक जना र सिन्धुपाल्चोकका अर्का एक जनामा आज साँझ हैजा पुष्टि भएको जानकारी दिनुभयो । उहाँले हैजा पुष्टि भएकाहरु मध्ये एकजनाको डिस्चार्ज भइसकेको बताउनुभयो ।
यो सहित टेकु अस्पतालमा चारजना बिरामीको हैजा पुष्टि भइसकेको छ ।
यसअघि बागबजार बस्ने एकै परिवारका दुईजनालाई हैजा पुष्टि भएको थियो । उनीहरुको एकसाता अघिदेखि आइसियुमा राखेर उपचार भइरहेको छ । एक साता वितिसक्दा पनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य अवस्थामा आउन सकेको छैन ।
हाल टेकु अस्पतालमा दैनिक १५ जनासम्म झाझापखाला लागेर बिरामीहरु आउने गरेका छन् ।