असार । काठमाडौंमा हैजाको विरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका दिदीबहिनी हुन् । उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले गर्मी मौसममा खानपानमा ध्यान दिन आग्रह गर्नुभयो । बाहिरको चटपटे खाएपछि ती दिदीबहिनीलाई बारम्बार झाडापखाला भएपछि मोडेल अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिः
