• सोमबार, १५ भदौ २०८३
  • images

    सुटकेसभित्र रुवी शाहको शव भेटियो

    सुटकेसभित्र रुवी शाहको शव भेटियो

    आइतबार, भदौ ८ २०८२
    आइतबार, भदौ ८ २०८२
    सुटकेसभित्र रुवी शाहको शव भेटियो

    रौतहट, ८ भदौ । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। 

    रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको शव  २६ वर्षीय रुवी शाह सुडीको रहेको छ । 

    जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मुठवलबा गेट नजिकै मृत महिलाको शव परेको थियो । 

    माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गर्नुभएको थियो । उहाँ ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आउनुभएको थियो । 

    सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।


    नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको डीएसपी कार्कीले जानकारी दिनुभयो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उहाँका श्रीमान् पनि भारतबाट नेपाल आएको डीएसपी कार्कीले जानकारी दिनुभयो। 


    उहाँको घर भारतको मुजफ्फरपुर हो  । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार