• सोमबार, १५ भदौ २०८३
  • images

    एक हप्तासम्म उठेन प्रिती रानीको शव, काभ्रे प्रहरी कार्यालय अगाडी माईतीपक्षद्दारा प्रदर्शन

    एक हप्तासम्म उठेन प्रिती रानीको शव, काभ्रे प्रहरी कार्यालय अगाडी माईतीपक्षद्दारा प्रदर्शन

    बुधबार, भदौ ३० २०७८
    बुधबार, भदौ ३० २०७८
    एक हप्तासम्म उठेन प्रिती रानीको शव, काभ्रे प्रहरी कार्यालय अगाडी माईतीपक्षद्दारा प्रदर्शन

    धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिका १ अनैकोट घर भएकी प्रिती रानी तामाङको शव एक हप्तादेखि धुलिखेल अस्पतालमा छ । गत वैशाख महिनामा प्रिती रानी तामाङको विवाह पाँचखाल नगरपालिका १ अनैकोटको सुदिप लामा दोङ सँग भएको थियो । प्रितीको माइती घर पनि काभ्रेकै मण्डन देउपुर नगरपालिका वडा नँ ३ नयाँगाउँमा हो । उनी गत १८ दिन देखि नै माइत मै बसेकी थिइन् र उनले आत्महत्या पनि माइतमै गरेकी हुन् । तामाङको शव घरपरिवारले नबुझेको माइती पक्षले बताएको छ ।
    प्रितीरानीले भदौ २४ गते २ बजे माइतीघरमै विष खाएकी र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । एक हप्ताअघि नै माईती आएका ति महिलालाई श्रम तथा शारीरिक शोषण र मानसिक यातनाका कारण आत्महात्या गर्न बाध्य बनाइएको माइती पक्षको आरोप छ । सत्यतथ्य छानवीन गरी कारवाही गर्न माग गर्दै आफूहरु जिल्ला प्रहरी कार्यालय काभ्रेको ध्यानाकर्षण गराउन आएको माइती पक्षका राम वाईबाले बताउनुभयो ।
    गाउँमा यो घटनामाथि राजनीतिकरण हुनसक्ने आशंका गरेका उनिहरु प्रहरी कार्यालय आएका हुन् । राजनीतिक दलका स्थानीय जीम्मेवार व्यक्तिहरुले खासै ध्यान नदिएपछि गाउँदेखी गाडी रिजर्भ गरेर धुलिखेल भेला भएका उनिहरुले निष्पक्ष छानविनका लागि दवावस्वरुप प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेको छन् । उनिहरुले यसलाई महिला हिंसाको संज्ञा पनि दिएका छन् । मृतकको शव बुझेर संस्कारअनुसारको अन्त्येष्टी,कानुनअनुसार सजाय लगायतको माग गरेका छन् । गत वैशाखमा मात्रै माघी विवाह गरेका उनको आत्महत्या निकै रहस्यमयी रहेको माइतीपक्षको दावी छ ।
    प्रितीरानीले आत्महत्या गर्नुपूर्व आफ्ना श्रीमान र सासुआमाकाको नाम लिदै उनिहरुका कारण बाँच्न नसक्ने अवस्थामा पुगेको भनि मोवाईलमा कैद गरिएको भिडियो भेटिएको छ । घटनाबारे थाहा पाउनासाथ काभ्रे प्रहरीले श्रीमान सुदिप दोङलाई पक्राउ गरेको थियो । पिडितपक्षले सासुआमा लक्ष्मी तामाङलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाउन दवाव दिएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक(डिएसपी) हरि खतिवडाले आरोपीतलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईसकेको जानकारी दिनुभयो । आवश्यक परे सासु आमा लगायत पनि अनुसन्धानको दायरामा पर्ने उहाँले बताउनुभयो ।
    न्यायका लागि अनुसन्धानका साथै माईतीपक्ष र घरपक्षकाबीच संवादको सहजिकरण गरिरहेको प्रहरीले अब छिट्टै स्थानीय जिम्मेवार व्यक्तिहरुबीच समझदारी बनेपछि शव उठ्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार