• बुधबार, ४ कात्तिक २०८३
  • images

    बारामा शंकास्पद अवस्थामा महिलाको शव भेटियो

    बारामा शंकास्पद अवस्थामा महिलाको शव भेटियो

    बुधबार, साउन १३ २०७८
    बुधबार, साउन १३ २०७८
    बारामा शंकास्पद अवस्थामा  महिलाको शव भेटियो


    बारा । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । घाँटीमा सल बेरिएको भएतापनि  शरीरमा चोटपटक नदेखिएकाले घटनाको प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभएको छ । स्थानीयले आज बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार