काठमाडौँ, ६ भदौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार मेडिकल कलेजमा तीज पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दै महिला चिकित्सक, नर्स तथा कर्मचारीलाई दर खुवाएको छ ।
कार्यक्रममा शुभकामना आदान–प्रदानसहित तीजका विशेष परिकारहरूको स्वाद लिँदै आपसी आत्मीयता र सहकार्यलाई अझ प्रगाढ बनाइएको थियो ।
कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले तीज पर्वको सांस्कृतिक तथा सामाजिक महत्त्वबारे चर्चा गर्दै यस्ता कार्यक्रमहरूले महिला कर्मचारीप्रति सम्मान र प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा दर, फलफूल तथा मिठाइहरूको विशेष व्यवस्था गरिएको थियो । सहभागी सबैले सामूहिक भोजन गर्दै पर्वको उत्सव मनाएका थिए ।
