• सोमबार, १५ भदौ २०८३
  • images

    मनसुनसँगै स्वास्थ्य जोखिम: सतर्कता र सावधानी आवश्यक

    मनसुनसँगै स्वास्थ्य जोखिम: सतर्कता र सावधानी आवश्यक

    दिनेश थापा

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
    मनसुनसँगै स्वास्थ्य जोखिम: सतर्कता र सावधानी आवश्यक

    काठमाडौँ, ४ साउन । देशभर मनसुनको प्रभावसँगै अधिकांश भूभागमा निरन्तर वर्षा हुन थालेको छ। यद्यपि वर्षा प्राकृतिक चक्र हो, यससँगै स्वास्थ्य र वातावरणीय चुनौतीहरू पनि थपिँदै गएका छन्।

    मौसम विभागका अनुसार, यस वर्ष अघिल्लो वर्षको तुलनामा झण्डै ३०% बढी वर्षा हुने अनुमान गरिएको छ। यस्तो अत्यधिक वर्षाले कतै खण्डवृष्टि (एकै स्थानमा अत्यधिक वर्षा) त कतै कम वर्षा गराउनेछ, जसको मुख्य कारणमा ग्लोबल वार्मिङ, बन विनाश र डढेलो रहेका छन्।
    🔥 बनडढेलो र फोहोर पानीको खतराः
    गर्मिको मौसममा पहाडी छेत्रको धेरै जंगलमा डढेलेको लागेको थियो । डढेलेको कारण धेरै किराफट्याङ्ग्रा र जीव जन्तु मरेका हुन्छन ।  ति मरेका बन्यजन्तु, किराफट्याङ्ग्रा  कुहिएर बसेका हुन्छन । यिनका अवशेष वर्षाको पानीमार्फत नदी, इनार, पँधेरो, धारो जस्ता प्राकृतिक पानीका स्रोतहरूमा मिसिँदा दूषित हुने सम्भावना उच्च हुन्छ।
    शहरतिर स्थिति झन जटिल छ।  उचित ढल निकास प्रणालीको अभाव र खोलानालाको अतिक्रमणका कारण  वर्षाको फोहोर पानी मिसिएर ट्युबेल, इनार, हिटि जस्ता पानीका स्रोतहरूलाई प्रदूषित गरिरहेको छ।
    ☀️ गर्मी र वर्षात: रोगको दोहोरो खतरा
    वर्षा र गर्मी एकै साथ चल्दा शरीरको पाचन प्रणाली कमजोर हुने गर्छ। यस्तो मौसममा खाना राम्रोसँग नपच्ने, शरीर चाँडै शिथिल हुने, र सरुवा रोगहरू लाग्ने जोखिम उच्च हुन्छ।
    त्यसैगरी, वर्षातको समयमा लामखुट्टेहरू  अत्यधिक सक्रिय हुन्छन्। यसै समयमा  लामखुट्टेको प्रजनन क्षमाता पनि उच्छ हुन्छ ।  फोहोर पानी र ओसिलो वातावरणमा उनीहरूको प्रजनन बढ्ने हुँदा डेंगु, मलेरिया, फाइलेरिया जस्ता रोगहरू लाग्ने  सम्भावना धेरै हुन्छ ।
    🌡️ वर्षातको समयमा लाग्न सक्ने प्रमुख रोगहरू
    1. टाइफाइड (Typhoid)
    कारण: दूषित खाना वा पानी
    लक्षण: ज्वरो, पेट दुखाइ, कमजोरी
    2. जण्डिस (Hepatitis A & E)
    कारण: दूषित पानी
    लक्षण: आँखा पहेंलो, थकाइ, पेट दुखाइ
    हात-मुख-खुट्टा सम्बन्धी  रोग (HFMD)
    3.बालबालिकामा जोखिम
    लक्षण: घाँटी दुख्ने, मुखमा घाउ, ज्वरो फोहोर पानीले खुट्टामा सांक्रमण हुन सक्छ । 
    4. हैजा (Cholera)
    कारण: दूषित पानी
    लक्षण: डायरिया, शरीरमा पानीको कमी
    5. डेंगु (Dengue Fever)
    कारण: Aedes जातको लामखुट्टे
    लक्षण: उच्च ज्वरो, शरीर दुखाइ, रक्तश्राव
    6. मलेरिया (Malaria)
    कारण: Anopheles लामखुट्टे
    लक्षण: ज्वरो, चिसो, पसिना
    7. छालाको रोगहरू (Skin Infections)
    कारण: भिजेको लुगा, ओसिलो शरीर
    लक्षण: चिलाउने, रातो दाग, दाद
    8. श्वासप्रश्वास समस्या (Respiratory Infections)
    कारण: चिसो पानी ।
    लक्षण: खोकी, दम, घाँटी दुखाइ
    ✅ रोगबाट बच्ने उपायहरू
    🌡 पानी उमालेर मात्र पिउनुहोस्
    🍲 खाना राम्रोसँग पकाएर ढाकेर राख्नुहोस्
    🦟 मच्छरदानी, झुल र ओडोमसको प्रयोग गर्नुहोस्
    👚 भिजेको लुगा तुरुन्त फेर्नुहोस्, शरीर सुक्खा राख्नुहोस्
    🧼 नियमित साबुनले हात धुनुहोस्
    🕳 घर वरपर पानी जम्न नदिनुहोस्

    वर्षा जीवन दिने प्रकृतिक नियम  हो, तर सावधानी नअपनाउँदा बर्षातले नै रोगहरूको महामारी निम्त्याउन सक्छ। मनसुनको मौसममा स्वास्थ्य, सरसफाइ र जीवनशैलीमा विशेष ध्यान दिँदा मात्र हामी सुरक्षित रहन सक्छौं। सजग रहौं, सुरक्षित रहौं।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार