• सोमबार, १५ भदौ २०८३
  • images

    मनसुनमा यी रोगको जोखिम, कसरी बच्ने

    मनसुनमा यी रोगको जोखिम, कसरी बच्ने

    हेल्दीखबर
    मंगलबार, साउन २ २०८०
    हेल्दीखबर
    मंगलबार, साउन २ २०८०
    मनसुनमा यी रोगको जोखिम, कसरी बच्ने

    एजेन्सी । मनसुनले आजकाल भारी वर्षा हुने गर्छ । जसले किटजन्य र संक्रामक रोगको जोखिम पनि उच्च हुन्छ ।

    पानी पर्ने मौसमले नै रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने जस्ता समस्या  लगायत स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले यो समय स्वास्थ्यलार्य विशेष ध्यान दिन आवश्यक छ ।

    यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुलाई मौसम परिवर्तनका कारण फ्लुजस्ता संक्रमणको जोखिम पनि उच्च नै रहन्छ ।  यी सबैबाट सुरक्षित रहनको लागि हामी सबैले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू अपनाउनु आवश्यक छ।

    कसरी बच्न सकिन्छ ?

    मनसुनमा यस्ता संक्रमणजन्य रोगबाट बच्नु उत्तम उपाए भनेको खानपानमा ध्यान दिनु हो । व्यत्तिको जीवनशैलीमा खानपानको विशेष भूमिका हुन्छ ।

    व्यक्तिले खाने खानेकुराले नै उसको स्वास्थ्यको निर्धारण गर्छ । त्यसैले वर्षाको समय यस्ता संक्रम९ा, फ्लुबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउने खानृुकरा खानुपर्छ । जस्तै, मौसमी फलफूल, हरियो सागपात, नटुस यी खानामा रोग प्रतिरोधात्मक गुणहरु हुन्छन् । जसले मौसमी रोगलाई टाढा राख्न मद्त गर्छ । 

    यस्तै, बिहान खाली पेटमा मनतातो पानी पिउनु पर्छ । धेरै अध्ययनमा बिहान मनतातो पानी पिउनाले फाइदा गर्ने देखाएको छ । मनतातो पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

    मनतातो पानीको पिउँदा घाँटीको संक्रमणबाट बच्न सकिन्छ । मनतातो पानीले घाँटी सफा राख्छ भने रुघाखोकीको समस्यसमेत कम हुन्छ। मनसुनको समयमा पेटको संक्रमणको उच्च जोखिम हुनुका साथै कब्जियत, खानपानमा गडबडीका कारण अपच हुने जस्ता समस्या देखिने गर्छ । यस्ता समग्र स्वास्थ्य समस्याका लागि बिहान मनतातो पानी लाभदायिक हुन्छ ।   

    यसबाहेक, वर्षाको समयमा यस्ता संक्रमणजन्य रोगबाट टाढा रहन हातको सरसफाइ पनि महत्वपूर्ण छ । हातले सहजै संक्रमण फैलाउँछ । दूषित हात, नाक र मुखबाट शरीरमा सर्ने संक्रामक रोगको जोखिम बढ्छ । त्यसैले नियमित रूपमा साबुन र पानीले राम्ररी हात धुनु अत्यावश्यक छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार