मेनोपोज भनेको महिलाको महिनावारी स्थायी रूपमा बन्द हुने अवस्था हो। यो स्वाभाविक र प्रकृतिक प्रक्रिया हो जसमा डिम्बाशयले अण्डा उत्पादन गर्न छोड्छ र महिला प्रजनन क्षमताबाट बाहिर जान्छिन्।
महिलाहरूको जीवनमा विभिन्न जैविक परिवर्तनहरू हुन्छन्, तीमध्ये एक महत्वपूर्ण परिवर्तन हो मेनोपोज । यो महिलाको प्रजनन चरण वा महिनावारिको अन्त्य हो र सामान्यतः ४५ देखि ५५ वर्षको उमेरबीच देखिन्छ।
हाम्रो समाजमा अझै पनि यो विषय खुलेर नबोलिने, बुझाइको कमी भएको र धेरै महिलाहरू यसबाट गुज्रदा मानसिक तथा शारीरिक रूपमा एक्लिएको महसुस गर्ने गर्दछन्। यो समय महिलाहरुको लागि सम्बेधनशिल समय हो । महिलाहरुले देखाउने ब्यवहारका कारण हाम्रो समाजमा नकरात्मक दृष्टिकोण हेर्ने र बुझ्ने गर्दछन । मेनोपोजबाट महिलामा हुने समस्या र यस्तो समयमा महिलाहरुले गर्ने ब्यवहारलाई बुझेर सकारात्मक व्यवहार गर्नु जरुरी हुन्छ ।
मेनोपोज के हो?
मेनोपोज भनेको महिलाको महिनावारी स्थायी रूपमा बन्द हुने अवस्था हो। यो स्वाभाविक र प्रकृतिक प्रक्रिया हो जसमा डिम्बाशयले अण्डा उत्पादन गर्न छोड्छ र महिला प्रजनन क्षमताबाट बाहिर जान्छिन्। जब लगातार १२ भन्दा बढी समय सम्म पनि महिलामा महिना महिनावारी हुँदैन, त्यो मेनोपोज अथवा स्थाई रुपमा महिनावरी बन्द भएको भएको संकेत हो।
मेनोपोजका लक्षणहरू
मेनोपोजका लक्षणहरू व्यक्तिपिच्छे र महिला स्वास्थ्य अनुसार फरक फरक देखिन सक्छन्, तर सामान्य रूपमा प्राय महिलाहरुमा देखिने लक्षण समान हुन्छन
तातो महसुस
यो मेनोपोजको सबैभन्दा सामान्य लक्षण हो। महिलाले अचानक अनुहार, घाँटी र शरीरको माथिल्लो भागमा तातोको अनुभूति गर्छिन्। कहिलेकाहीं छालामा रातोपन आउन सक्छ, पसिना बग्न सक्छ। यो केही सेकेन्डदेखि केही मिनेटसम्म रहन सक्छ।
रातभर पसिना आउने
रातिको समयमा अत्यधिक पसिना आउने लक्षण हो, जसले गर्दा महिलाहरूको निद्रा विघ्न हुन्छ। यो पनि जयत ाबिकजभक कै रूप हो, जुन रातको समयमा बढी हुने गर्छ।
निद्रा नलाग्ने
मेनोपोजको समयमा हर्मोन परिवर्तनले गर्दा महिलालाई सजिलै सुत्न गाह्रो हुन सक्छ, वा रातभर पटक–पटक ब्युझिन सक्छन्। यसले थकान, झर्को र मानसिक थकावट ल्याउँछ।
मूडमा उतारचढाव, चिडचिडापन
एउटै दिनमा धेरै प्रकारका भावनाउदासी, चिडचिडापन, खुसी वा रिस एकपछि अर्को बदलिन सक्छन्। यो हर्मोनको असन्तुलनको कारणले हुन्छ।
थकान र शक्ति कम हुनु
शरीरमा उर्जा कम महसुस हुनु, सामान्य काम गर्दा पनि थकाई लाग्नु, सधैं सुस्त र गाह्रो महसुस गर्नु मेनोपोजको संकेत हो।
योनिमा सुक्खापन र यौन इच्छा घट्नु
एस्ट्रोजेनको कमीले योनिको छाला पातलो र सुख्खा बनाउँछ। यसले यौन सम्पर्क गर्दा जलन, दुखाई वा असहजता गराउन सक्छ।
घाँटी, जोर्नी वा पिठ्यु दुख्ने
हर्मोनको घटतले गर्दा हड्डी तथा जोर्नीमा सूजन र दुखाइ हुन सक्छ। विशेषतः पिठ्यु, घुँडा र कुहिनो आसपास दुख्ने समस्या देखिन्छ।
महिला हरुमा देखिने यी लक्षणहरुले शारीरिक रुपमा मात्र होइन, अहिलेकाहिँ मानसिक र भावनात्मक रूपमा पनि प्रभावित पारिरहेको हुन्छ ।
कारण र प्रक्रिया
मेनोपोजको मुख्य कारण हो हार्मोन विशेष गरेर एस्ट्रोजेन र प्रोजेस्टेरोन को स्तरमा गिरावट। उमेरसँगै डिम्बाशयले यी हर्मोनहरू उत्पादन गर्न छोड्छ, जसले गर्दा अण्डा उत्पादन बन्द हुन्छ र महिनावारी रोकिन्छ। कहिलेकाहीं सर्जरी, कीमोथेरापी, जथाभावी गर्भ निरोधक चक्किको सेवन वा अन्य स्वास्थ्य समस्याले पनि समयभन्दा अघि महिनावारी बन्द हुन वा मेनोपोज हुन सक्छ।
सम्भावित असरहरू
मेनोपोजले केही दीर्घकालीन स्वास्थ्य असरहरू ल्याउन सक्छः
हड्डीको कमजोरी
हृदय रोगको सम्भावना
मस्तिष्क स्वास्थ्यमा असर बिर्सने, चिढिने आदि
मूत्रसम्बन्धी समस्या
यस्ता असरहरू नियन्त्रण गर्न समयमै सावधानी अपनाउनु आवश्यक हुन्छ।
समाधान र सुझावहरू
मेनोपोजलाई सहज रूपमा लिन सकिन्छ यदि तपाईंले यस्ता उपायहरू अनुसरण गर्नुभयो भनेः
१. सन्तुलित आहार
– क्याल्सियम, भिटामिन म्, फलफूल र हरियो सागसब्जीको सेवन।
२. नियमित व्यायाम
– हड्डी बलियो बनाउँछ, तनाव घटाउँछ, निद्रा सुधार गर्छ।
३. समयमै डाक्टरको परामर्श ।
४. मनोवैज्ञानिक समर्थन
– परिवार, साथी वा काउन्सेलरबाट सहयोग पाउनु सकारात्मक हुन्छ।
५. खुला संवाद
– मेनोपोजबारे कुरा गर्नु, अनुभूति बाँड्नु र अनुभव आदान–प्रदान गर्नु जरुरी हुन्छ।
मेनोपोज कुनै रोग होइन, यो महिलाको शरिरमा हुने प्रकृतिक परिबर्तनको अवस्था हो। यसको बारेमा सही जानकारी, सही सल्लाह र उचित जीवनशैली अपनाउन सकेमा यसलाई सहजै पार गर्न सकिन्छ। महिलाहरूले यसलाई एक नयाँ अध्यायको रूपमा स्वीकार गर्नुपर्छ, जहाँ आत्मबल, स्वास्थ्य र समर्थनको ठूलो भूमिका हुन्छ। परिबार समाजले पनि महिलाहरुको यो अवस्था र उनिहरुको उनिहरुको भावनलाई बुझ्नु पर्दछ ।
मेनोपोजको सम्भावित असरहरू
१. हड्डीको कमजोरी
एस्ट्रोजेन हर्मोनको कमीले हड्डीको घनत्व घट्छ, जसले गर्दा हड्डी चाँडै भाँचिने जोखिम बढ्छ।
२. हृदय रोगको सम्भावनाः
एस्ट्रोजेनको स्तर घट्दा कोलेस्ट्रोल असन्तुलन, उच्च रक्तचाप र मुटु रोगको खतरा बढ्न सक्छ।
३. स्मरणशक्ति कमजोर हुनुः
ध्यान केन्द्रित गर्न गारो हुनु, बिर्सने, तथा मानसिक थकान देखिन सक्छ।
४. मूत्र प्रणालीको समस्याः
बारम्बार पिसाब लाग्ने, मूत्र रोक्न कठिन हुने, र यौन सम्बन्धी असजिलोपन हुन सक्छ।
५. त्वचा र कपालमा परिवर्तनः
छाला सुकेको, कपाल पातलो वा झर्ने समस्या देखिन सक्छ।
६. भावनात्मक असरहरूः
चिडचिडापन, तनाव, आत्मविश्वासमा कमी, तथा डिप्रेसनजस्ता मानसिक असरहरू देखिन सक्छन्।
७. यौन इच्छामा कमीः
हार्मोनको कमीले यौन इच्छा घट्न सक्छ र योनिमा सुक्खापन पनि हुन सक्छ।
मेनोपोजका समाधानका उपायहरू
१. सन्तुलित आहार लिनुहोस्ः
क्याल्सियम, भिटामिन म्, फाइबर र प्रोटिनयुक्त खाना खानुहोस्।
हरियो सागसब्जी, दूधजन्य पदार्थ, बदाम, फलफूल आदिको सेवन बढाउनुहोस्।
माछा, अण्डा, र स्वस्थ बोसो (जस्तैः ओलिभ आयल) प्रयोग गर्नु फाइदाजनक हुन्छ।
२. नियमित व्यायाम गर्नुहोस्ः
दैनिक ३० मिनेटसम्म हिँड्न, योग गर्न वा हल्का व्यायाम गर्नाले हड्डी बलियो बनाउँछ, तनाव घटाउँछ, निद्रा सुधार गर्छ।
तौल नियन्त्रणमा राख्न मद्दत गर्छ।
३. पर्याप्त निद्रा लिने बानी बसाल्नुहोस्ः
निद्रा नियमित बनाउन सुत्ने समय निश्चित गर्नुहोस्।
मोबाइल÷स्क्रिन कम हेर्नुहोस् र शान्त वातावरणमा सुत्नुहोस्।
४. तनाव व्यवस्थापन गर्नुहोस्ः
ध्यान प्राणायाम, संगीत सुन्नु वा तपाईंलाई मन पर्ने काम गर्नुहोस्।
भावनात्मक समर्थनका लागि परिवार, साथी वा काउन्सेलरसँग कुरा गर्नुहोस्।
५. चिकित्सकीय परामर्श लिनुहोस्ः
गम्भीर लक्षणहरू देखिएमा स्त्रीरोग विशेषज्ञसँग भेट गर्नुहोस्।
मेनोपोजका समाधानका उपायहरू
१. सन्तुलित आहार लिनुहोस्ः
क्याल्सियम, भिटामिन म्, फाइबर र प्रोटिनयुक्त खाना खानुहोस्।
हरियो सागसब्जी, दूधजन्य पदार्थ, बदाम, फलफूल आदिको सेवन बढाउनुहोस्।
माछा, अण्डा, र स्वस्थ बोसो (जस्तैः ओलिभ आयल) प्रयोग गर्नु फाइदाजनक हुन्छ।
२. नियमित व्यायाम गर्नुहोस्ः
दैनिक ३० मिनेटसम्म हिँड्न, योग गर्न वा हल्का व्यायाम गर्नाले हड्डी बलियो बनाउँछ, तनाव घटाउँछ, निद्रा सुधार गर्छ।
तौल नियन्त्रणमा राख्न मद्दत गर्छ।
३. पर्याप्त निद्रा लिने बानी बसाल्नुहोस्ः
निद्रा नियमित बनाउन सुत्ने समय निश्चित गर्नुहोस्।
मोबाइल स्क्रिन कम हेर्नुहोस् र शान्त वातावरणमा सुत्नुहोस्।
४. तनाव व्यवस्थापन गर्नुहोस्ः
ध्यान, प्राणायाम, संगीत सुन्नु वा तपाईंलाई मन पर्ने काम गर्नुहोस्।
भावनात्मक समर्थनका लागि परिवार, साथी वा काउन्सेलरसँग कुरा गर्नुहोस्।
५. चिकित्सकीय परामर्श लिनुहोस्ः
गम्भीर लक्षणहरू देखिएमा स्त्रीरोग विशेषज्ञसँग भेट गर्नुहोस्।
६. स्वास्थ्य परीक्षण गरिरहनुहोस्ः
बोन डेनसिटी टेस्ट, मुटु जाँच, र नियमित रक्त परीक्षणले जोखिम समयमै पत्ता लगाउन मद्दत गर्छ।
७. खुला संवाद राख्नुहोस्ः
मेनोपोजबारे परिवारमा खुला रूपमा कुरा गर्नुहोस्।
साथीहरूसँग अनुभव बाँड्दा मानसिक सान्त्वना मिल्छ।