• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल एनसीडी एलायन्सद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गर्न आग्रह 

    नेपाल एनसीडी एलायन्सद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गर्न आग्रह 

    शनिबार, जेठ १७ २०८२
    शनिबार, जेठ १७ २०८२
    नेपाल एनसीडी एलायन्सद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गर्न आग्रह 

    काठमाडौँ, १६ जेठ । नसर्ने रोग विरुद्ध काम गर्दै आएको सस्था नेपाल एनसीडी एलायन्सले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।

    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐन पारित भएको १४ वर्ष हुँदा समेत ऐनमा भएका व्यवस्था लागू हुन नसक्नु दुखद  भन्दै एलायन्सले यसको प्रभावकारी कार्यान्व्यन हुनु पर्नेमा जोड दिएको छ ।


    विश्व धूम्रपानरहित दिवसको पूर्व सन्ध्यामा एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मी र महासचिव किशोरकुमार प्रधानाङ्गले जारी विज्ञप्तीमा ऐन कार्यान्वयन तथा सरकारले ल्याउने नीतिमा सुर्ती उद्योगहरुको हस्तक्षेप स्पष्ट देखिने गरेको उल्लेख छ । एलायन्सले त्यसको पछिल्लो पटक सुर्तीजन्य पदार्थमा नबढेको करको दरलाई लिन सकिने बताएको छ ।

    नेपालमा ३४ प्रतिशतकै मात्र करको दर रहेको छ ।
     सुर्तीजन्य पदार्थवास नेपालमा बार्षिक ३९ हजार २०० बढीको मृत्यु हुने गरेको छ ।सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि बनाइएको कडा कानूनको लागू गर्न सकेका छैनौं, यो आफैमा विडम्बना हो,’ विज्ञप्तीमा भनिएको छ ।

    ‘सुर्ती उद्योगहरुले सामाजिक उत्तरदायित्वको नाममा आफ्ना उत्पादनको प्रवर्द्धन गरिनै रहेका छन् । ऐनमा बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई यसको खरीद बिक्री र प्रयोगमा निषेध गरिएको छ तर त्यस सम्वन्धी व्यवस्थाको कार्यान्व्यन हुन सकेको छैन । यसमाथि सुर्ती उद्योगहरुले नेपालको कानून नै प्रभाव पार्ने गरी विभिन्न गैरकानूनी कार्यहरु अघि बढाउँदै आएका छन् । यसमा अब सबैको ध्यान जान जरुरी छ,’ विज्ञप्तीमा भनिएको छ ।

    एलायन्सले सुर्ती नियन्त्रण सम्वन्धी व्यवस्थाको कार्यान्वयन सरकार, नागरिक समाज, पत्रकार सहित आम नागरिकको सहयोगबाट मात्रै सफल हुने भन्दै त्यसका लागि हातेमालो गर्न आव्हान गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार