• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै

    नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै

    नसर्ने रोग रोकथाममा सञ्चारमाध्यामको भूमीका महत्वपूर्ण

    बिहीबार , साउन २२ २०८२
    बिहीबार , साउन २२ २०८२
    नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै

    काठमाडौँ, २२ साउन । नेपालमा नसर्ने रोगको भार बढ्दै गएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 

    पछिल्लो समय नेपालमा क्यान्सर, मिर्गौला, मुटुरोग, श्वासप्रश्वास, मधुमेहजस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएको पाइन्छ । 

     ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदन अनुसार सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । 

    यस्तै सन् २०१४ मा मृत्युको संख्या बढेर ६० प्रतिशत पुग्यो । 

    सन् २०१६ मा  ६६ प्रतिशत पुग्यो । सन् २०१९ मा आईपुग्दा कुल मृत्युको ७१।१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ । 


    बुधबार नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौँमा भएको नसर्ने रोग सम्बन्धि मिडिया एडभोकेसी कार्यशालामा सरोकारवाला वक्ताहरुले बढ्दो क्रममा रहेको नसर्ने रोग भारलाई कम गर्न नीतिगत हस्तक्षेप गरेर अघि बढ्नु पर्ने बताएका छन् । 


    स्वास्थ्य पत्रकारहरुका लागि आयोजित सो कार्यशालामा बोल्दै एलायन्सका सह अध्यक्ष तथा अभियन्ता शान्तालाल मुल्मीले नेपालमा नसर्ने रोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गनुृभयो । 

    shanta mulmii.jpeg

    उहाँले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

    मुल्मीले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाउन र कार्यान्वयनका लागि दवाव दिने देखि मादक पदार्थ सेवन )मापसे) गरी सवारी चलाउन रोक्ने अभियान कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण कार्य गरेको बताउनुभयो। 

    उहाँले नसर्ने रोग रोकथामका लागि भएका नितीको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । 

    एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा नसर्ने रोगको अवस्था र आफूहरुले गरेका गतिविधिबारेमा प्रकाश पार्नुभयो । उहाँले एलायन्सको उद्देश्य र सस्थाले गरेका कार्यबारे प्रस्तुति दिनुभएको थियो । 

    kishore pradhanang.jpeg

    यस्तै एलायन्सका संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एड्भोकेसी कार्यशाला गोष्ठीको आवश्यकता र औचित्यका बारेमा बताउनुभयो । 

    उहाँले  नेपालका स्वास्थ्य पत्रकारहरुले प्रभावकारी ढंगले स्वास्थ्यका विविध विषय उठाईरहेको भन्दै धन्यवाद दिनुभयो ।

    कार्यशालामा त्यसपछि विषयगत रुपमा कार्यप्रस्तुति दिइएको थियो ।

    saroj dhungel 1.jpeg

     दक्षिण पूर्वी एसिया क्षेत्र (सेयर) एनसीडी एलायन्सको सचिवालय नेपाल एनसीडी एलायन्सले सम्हालेको छ । त्यसको सचिवालय सचिवको भूमिकामा समेत रहनुभएकी डा. मनिता प्याकुरेलले दक्षिणपूर्वी एसिया क्षेत्रमा एनसीडीको बढ्दो प्रभावबारे चर्चा गर्नुभयो । उहाँले नसर्ने रोगको बढ्दो प्रवृत्ति शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै  नसर्ने रोग के हो ?  कसरी यसले आफ्नो प्रभाव विस्तारै गर्दैछ । यसलाई नियन्त्रण गर्न के कस्ता कदम चाल्नु पर्छ भन्ने बारेमा धारणा राख्नुभयो । 

    dee8f9b5-848d-49da-9795-82ce1ee87531.jpeg
    उहाँले धूमपान, मध्यपानको प्रयोग, चिनीजन्य पिय पदार्थको प्रयोग, शारीरिक निस्कृयता, अस्वस्थकर खाना, प्रदुशण सहितको बातावरण, नसर्ने रोगका लागि प्रमुख कारक तत्व हो भन्दै यस्तो कुलतमा नलाग्न सबैसंग आग्रह गर्नुभयो । 
    कार्यक्रममा नेपाल एनसिडी एलायन्सका संस्थापक सदस्य तथा गोरखापत्र दैनिकमा कार्यरत स्वास्थ्य पत्रकार सरोज ढुंगेलले नेपालमा नसर्ने रोग सम्बन्धि निती नियम र त्यसको कार्यान्वयन बारेमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । उहाँले नसर्ने रोग सम्बन्धि निती नियम उत्कृष्ट रहेपनि कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो । 
    ढुंगेलले नसर्ने रोग रोकथामका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । 

    कार्यशालामा नेपाल हेल्थका सम्पादक एवं एलायन्सका संस्थापक सदस्य रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा चर्चा गर्नुभयो । उहाँले  नेपालका सञ्चारमाध्यम र सञ्चारकर्मीकै अग्रसरताका कारण कतिपय लुकाइएका र कतिपय लुकेका कानूनका मस्यौदाहरुलाई झिकेर कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । 

    atul mishra.jpeg

    यसैगरी स्वास्थ्य पत्रकार अतुल मिश्रले नसर्ने रोगका सम्बन्धी रिपोर्टिङ प्रबृत्तिबारेमा आफ्नो प्रस्तुति दिनुभयो । 

    यस्तै  प्रेस काउन्सिलका सदस्य एवं पत्रकार पदमराज जोशीले एनसीडी र मिडिया इथिक्सलाई जोडेर अर्को प्रस्तुति दिनुभएको थियो । 


    कार्याशालामा स्वास्थ्य विटमा क्रियाशिल ३५ बढी पत्रकारहरुको उपस्थिति थियो ।

    उक्त कार्यशालाको सहजीकरण कोषाध्यक्ष उत्तमा श्रेष्ठले गरेकी थिईन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार