ललितपुर, २२ भदौ । नेपाल एनसीडी एलायन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नसर्ने रोगविरुद्ध काम गर्दै आएका संस्था, व्यक्ति तथा पत्रकारहरुको साझा एलायन्सका रुपमा नेपाल एनसीडी एलायन्स २०७८ माघ १५ गते विधिवत रुपमा सरकारी निकायमा दर्ता भई सुरु भएको हो ।
एलायन्सको लुज नेटवर्कको रुपमा सन् २०१३ देखि नै सुरु भएको थियो । एलायन्सका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको अध्यक्षतामा शनिबार सम्पन्न साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पास भएको थियो ।
उक्त साधारणसभामा एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले पेश गरेकोे गतवर्षको कार्यप्रगति प्रतिवेदन पास भएको थियो । यस्तै महासचिवले प्रस्तुत गरेको आगामी वर्षको कार्ययोजना पास भएको थियो । कोषाध्यक्ष उत्तमा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेदन पास भएको छ । सस्थाले आगामी आगामी कार्ययोजनामा नसर्ने रोग विरुद्धको अभियानलाई देशव्यापी बनाउने भएको छ । साधरणसभामा नौवटा उप समितिले तयार गर्ने कार्ययोजनाको आधारमा नसर्ने न्युनिकरणका लागि विभिन्न गतिविधि अघि बढाउने निर्णय गरेको छ ।
साधारणसभामा एनसीडी एलायन्सका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले एलायन्सले नसर्ने रोगविरुद्धको अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए । उनले नसर्ने रोग विरुद्धको अभियानलाई सशक्त बनाउनका लागि उपसमिति गठन गरेको जानकारी दिए ।
उनले सन् २०१३ सालमा लुज नेटवर्कको रुपमा पाँच जना व्यक्ति मिलेर सुरु भएको सञ्जालले दृढ संकल्पका साथ काम गरीरहेको बताए । उनले त्यसको उदाहरण पछिल्लो समय भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि त्यसको ज्वलन्त उदाहरण भएको बताए ।
एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग न्युनिकरणका लागि अठोटकासाथ लाग्नुपर्नेमा जोड दिए ।
यसबारेमा जनचेतना अभिबृद्धि गर्ने, नीतिगत बहस छेड्ने मात्रै नभई यसबाट पीडित व्यक्तिहरुको आवाज सुन्ने र सम्बन्धित निकायमा पु¥याउने काम समेत गरेको बताए ।
कार्यक्रममा उपाध्यक्ष डा. अभिनव वैद्यले गत महिना भर्चुअल रुपमा सम्पन्न साउथ ईष्ट एशिया रिजनल एनसीडी एलायन्स कन्फ्रेन्सको प्रतिवेदन साथै नयाँ सीड ग्रान्ट प्रोजेक्ट सहित आगामी योजनाबारेमा प्रस्तुति दिएका थिए ।
हाल एलायन्समा नसर्ने रोगविरुद्ध क्रियाशिल विभिन्न ३९ वटा संस्था आवद्ध रहेका छन् ।
साधारणसभाअघि एलायन्सको कार्यसमिति बैठक सम्पन्न भएको थियो । एलायन्सको कार्यसमितिमा अध्यक्ष डा.प्रकाशराज रेग्मी, सहअध्यक्ष शान्तलाल मुल्मी, उपाध्यक्ष डा.अभिनव वैद्य, महासचिव किशोरकुमार प्रधानाङ्ग, कोषाध्यक्ष उत्तमा श्रेष्ठ, सदस्य सरोज ढुंगेल र सदस्य शिव श्रेष्ठ रहेका छन् । यस्तै मिडिया कोर्डिनेटरमा रामप्रसाद न्यौपाने छन् ।
