• सोमबार, १५ भदौ २०८३
  • images

     वर्षेनी एक हजार बालबालिकाको बाथ मुटुरोगबाट मृत्यु  

     वर्षेनी एक हजार बालबालिकाको बाथ मुटुरोगबाट मृत्यु  

    हेल्दीखबर
    बिहीबार , असोज १३ २०७९
    हेल्दीखबर
    बिहीबार , असोज १३ २०७९
     वर्षेनी एक हजार बालबालिकाको बाथ मुटुरोगबाट मृत्यु  

     काठमाडौं, १३ असोज । नेपाल एनसीडी एलायन्सका अनुसार  नेपालमा वर्षेनी करीव एक हजार बालबालिका बाथ मुटुरोगको कारण मुटु  फेल भई मृत्यु हुने गरेको छ ।
     यस्तै नेपालमा कुल जनसंख्याको २५ प्रतिशत जनसंख्या  मुटुरोगी भएको अनुमान गरिएको छ ।  एलायन्सका अनुसार करीव ३० प्रतिशत बयस्क जनतालाई उच्च रक्तचाप, २५ प्रतिशत जनतालाई कोलेस्टेरोल, १० प्रतिशत जनतालाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ । कुल ७५ लाख जनसंख्यामा मुटुरोगी रहेका छन। 

    विश्व मुटु दिवसको अवसरमा एलायन्सका अध्यक्ष डा. प्रकाश रेग्मीले  जारी गर्नुभएको  विज्ञप्तीमा ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, करीव ५० प्रतिशत शहरीयाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन्  । 
    एलायन्सका अध्यक्ष डा. रेग्मीले  मुटुको रोग बढ्दै जानुको प्रमूख कारण मानिसहरुको जीवनशैली अस्वस्थकर रहेको बताउनुभयो ।  ‘एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नूनको मात्रा बढेको छ, हरियो सागपात, फलपूmल आदी कम छ, चूरोट, सूर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरैको छ भने अर्कोतिर व्यायाम गर्ने बानी कम छ, मानसिक तनाव अत्याधिक बढेको छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाए हो । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउन पर्छ मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनका लागि गर्ने भनेको हो,’ विज्ञप्तीमा भनिएको छ ।ncd alliance .jpg

    विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशत भन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५% पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।Ncd alliance 1.jpg

    यस वर्षको विश्व मुटु दिवसको नारामा ३ वटा कुरा समेटिएका छन्ः पहिलो कुरा मानवताको दृष्टिले विपन्न र पिछडिएका वर्गको मुटुको सुरक्षालाई ध्यान देउ भन्ने छ । दोस्रो, मुटु सुरक्षाका लागि प्रकृतिको संरक्षण मार्फत वातावरणीय प्रदूषणको न्यूनिकरण तर्फ लाग्न आव्हान गरिएको छ । यस्तै तेस्रो कुरा, सबैले आफ्नो मुटु स्वास्थ्य कायम राख्न मानसिक तनाव व्यवस्थापन तर्फ ध्यान देउ भनिएको छ ।

    नेपाल सरकार नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०२१ देखि २०२५ सम्मको कार्य योजना तर्जूमा गरि कार्यान्वयन तर्फ अग्रसर छ ।

    नेपाल सरकारले मुटु तथा अन्य नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको देखिन्छ ।

    ‘विपन्न, बालबालिका, बृद्ध नागरिक आदीको उपचारमा पनि सरकारको ठूलो खर्च छ ।दीर्घकालिन रुपमा सोच्दा मुटु रोगको रोकथाम तर्फ पनि सरकारले नीति कार्यक्रम मार्फत लगानी बढाउनु पर्ने हामीले महसुस गरेका छौं । मुटुरोगको उपचारका निम्ति लगानी भएको कुल रकमको १० प्रतिशत मुटुरोगको रोकथाममा लगानी गर्नु पर्ने हामी देख्दछौं र नेपाल सरकार समक्ष अनुरोध पनि गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।Ncd alliance 2.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार