• सोमबार, १५ भदौ २०८३
  • images

    भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि छुट्टै आइसियु  

    भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि छुट्टै आइसियु  

    आइतबार, वैशाख २८ २०८२
    आइतबार, वैशाख २८ २०८२
    भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि छुट्टै आइसियु  


    सीमित श्रोतमै अधिक सुविधा दिने गरी काम गरिरहेको स्वास्थ्य मन्त्रीको भनाई 
    काठमाडौं, २८ वैशाख । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गर्नुभयो । 

    Child cancer icu Bhaktapur .jpeg
    अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले आज थप भएका एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहने निमित्त बताउनुभयो । उहाँले अस्पतालमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरिएको बताउनुभयो ।  
     बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्ने योजना अघि सार्नुभएको थियो ।  सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो ।
    सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताउनुभयो । उहाँले अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च रहेको भन्दै अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिने बताउनुभयो । 
    मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको भन्दै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भैरहेको बताउनुभयो ।
    ुहामीसँग आर्थिक अभाव भएको कुरा सत्य हो भन्दै उहाँले यसलाई मध्यनजर गर्दै अधिकतम श्रोतको उपयोग गरेर नागरिकलाई सुविधा प्रदान गरिने बताउनुभयो । 
    मन्त्री पौडेलले पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेर गरेको भन्दै क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताउनुभयो । उहाँले यसपाली आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार