• सोमबार, १५ भदौ २०८३
  • images

    भक्तपुर क्यान्सर अस्पतालले माग्यो यी पदमा स्वास्थ्यकर्मी

    भक्तपुर क्यान्सर अस्पतालले माग्यो यी पदमा स्वास्थ्यकर्मी

    बुधबार, भदौ २३ २०७८
    बुधबार, भदौ २३ २०७८
    भक्तपुर क्यान्सर अस्पतालले माग्यो यी पदमा स्वास्थ्यकर्मी


    भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्यकर्मीको माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै ६ महिने करार सेवामा कर्मचारी माग गरेको हो। अस्पतालले विभिन्न ६ पदमा १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  अस्पताल प्रशासनका अनुसार एक जना फार्मेसी अधिकृत मागेको छ । जसका लागि बि फर्मा उत्तीर्ण भएर फार्मेसी काउन्सिलबाट लाइसेन्स पाएको हुनुपर्ने छ।
    पाँच जना फार्मेसी सहायक माग गरेको अस्पतालले त्यसका लागि योग्यता फार्मेसीमा प्रविणता प्रमाणपत्र तह तोकेको छ। लाइसेन्स अनिवार्य भनिएको छ । रेडियोलोजीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भइ स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्स लिएकाले रेडियोग्राफर टेक्निसियनका लागि दरखास्त दिन सक्नेछन्। तर, यो पदका लागि एक जना मात्रै कर्मचारीको माग गरिएको हो। त्यसैगरी, अस्पतालले एक जना सहायक कम्युटर अपरेटर, दुई जना ल्याब असिस्टेन्ट र चार जना रिसेप्सेनिस्टका लागि पनि दरखास्त आह्वान गरेको छ।
    योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्नेछन्।

    bhatapur.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार