• सोमबार, १५ भदौ २०८३
  • images

    चार करोड लगानीमा उच्च प्रविधियुक्त प्रयोगशाला 

    चार करोड लगानीमा उच्च प्रविधियुक्त प्रयोगशाला 

    शुक्रबार, वैशाख २६ २०८२
    शुक्रबार, वैशाख २६ २०८२
    चार करोड लगानीमा उच्च प्रविधियुक्त प्रयोगशाला 

    काठमाडौं, २६ वैशाख । नेपालमा उच्च प्रविधियुक्त पहिलो प्रयोगशाला सञ्चालनमा आएको छ। 
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ।

    सो प्रयोगशालाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको बताउँदै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउन प्रतिबद्ध रहेको बताउनुभयो।

    उहाँले उच्च प्रविधियुक्त प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक रहेको भन्दै उहाँले  हाम्रो सहयोगी भूमिका रहने बताउनुभयो । 

    मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागिसमेत आग्रह गर्नुभयो । 
    मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाउनुभएको थियो । उहाँले विभिन्न सरकारी अस्पतालमा सम्भव नभएका परीक्षणका लागि समेत प्रयोगशालामार्फत सुपथ मुल्यमा गर्ने गरी व्यवस्था मिलाउनुभएको थियो । 
    नेपालमा पहिलो पटक निर्मित प्रयोगशाला चार करोड लागतमा निर्माण सम्पन्न भएको प्रयोगशालाका निर्देशक डा रञ्जन भट्टले जानकारी दिनुभयो।

    उद्घाटनकै अवसरमा नेपालमा प्राथमिकताप्राप्त ५२ रोगको परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य संगठनले मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

    अब यी किटहरु प्रदेश तथा जिल्ला तहका अस्पतालसम्म पुर्याइने र यसले परीक्षण सहज हुने विश्वास गरिएको भट्टले बताउनुभयो । 
    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आधारभूत तहसम्म अनिवार्य परीक्षण हुनुपर्ने सुचीसहितको पुस्तिकाको अनावरण गर्नुभयो । 
    अब हरेक आधारभूतदेखि विशिष्ट अस्पतालहरुमा मन्त्रालयले तोकेको परीक्षण गर्नै पर्ने व्यवस्था मिलाउने तयारी मन्त्रालयले गरेको छ  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार