• बुधबार, ४ कात्तिक २०८३
  • images

    संक्रमित पुष्टि भएका व्यक्तिको मोबाइल नम्बर उपलब्ध गराइदिनुः रोग नियन्त्रण महाशाखा 

    संक्रमित पुष्टि भएका व्यक्तिको मोबाइल नम्बर उपलब्ध गराइदिनुः रोग नियन्त्रण महाशाखा 

    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    संक्रमित पुष्टि भएका व्यक्तिको मोबाइल नम्बर उपलब्ध गराइदिनुः रोग नियन्त्रण महाशाखा 

     

    काठमाडौं,२४ असार ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर परीक्षण गर्ने सबै प्रयोगशालाहरुलाई कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन अनुरोध गरेको छ।
    महाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिलाई इडिसिडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराइदिन भनेको हो।

    images

    संक्रमित भएका व्यक्तिलाई पहिलो कलबाट गरिने तथा घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पुरा नहुँदा सम्म फलोअप गरिने भएकाले प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरुपमा उपलब्ध नहुने र गलत नम्बर उपलब्ध हुने हुँदा व्यवस्थापन समस्या भएको भन्दै इडिसिडीले प्रयोगशालाहरुको ध्यानाकर्षण गराएको छ।

    इडिसिडीका सबै प्रयोगशालालाई पिसिआर परीक्षण गराउँन आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न लगाउन पनि अनुरोध गरेको छ।

    हेर्नुहोस सूचनाः

     

    edcd release.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार