कठमाडौं,७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन लाख व्यक्तिको पिसिआर परीक्षण भएको छ ।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुम्ताले दिनुभएको जानकारी अनुसार तीन लाख व्यक्तिको पिसिआर परिक्षण भएपछि सोमबार एक कार्यक्रम सम्पन्न भएको छ ।
उहाँले नेपालमा कोरोनाको परिक्षण नहुने हुँदा हङकङ लगेर कोरोना परिक्षण गरिएको जानकारी दिदै हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै तीनलाख भन्दा बढी व्यक्तिको पिसिआर परिक्षण भएको बताउनुभयो । संक्रमण बढ्दै जाँदा सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक कोरोना भाइरसको पिसिआर परीक्षण गरिएको थियो । विस्तारै अन्य सरकारी प्रयोगशाला तथा नीजि प्रयोगशालामा पनि कोरोना परिक्षण भएको थियो ।