• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पतालमा ९ वेड आइसियु थप, कुल ११० पुग्यो

    वीर अस्पतालमा ९ वेड आइसियु थप, कुल ११० पुग्यो

    बुधबार, वैशाख १० २०८२
    बुधबार, वैशाख १० २०८२
    वीर अस्पतालमा ९ वेड आइसियु थप, कुल ११० पुग्यो

    काठमाडौँ, १० वैशाख । वीर अस्पतालमा आइसियुको संख्या ११० पुगेको छ ।
    आज ९ बेडको सर्जिकल आइसियु थपिएसंगै वीरमा कुल आइसियु बेड ११० पुगेको हो । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललले सर्जिकल  आइसियुको उद्घाटन गर्नुभयो ।
    कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले वीर अस्पतालप्रतिको आकर्षणलाई अझै बढाउन सबैले मिलेर काम गर्ने बेला आएको बताउनुभयो ।


    उहाँले वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको बताउनुभयो ।


    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति बस्नेतले हालसम्म न्याम्सले ३ हजार भन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको बताउनुभयो ।
     उहाँले न्याम्सले अक्सफोर्ड विश्वविद्यालयको रिसर्च टिमसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । न्याम्सले हाल काठमाडौ उपत्यका तथा बाहिर गरेर विभिन्न २४ अस्पतालहरुमा अध्यापन तथा तालिम दिँदै आएको उहाँको भनाई छ ।
    उहाँले आगामी दिनमा वीर अस्पतालमा आइसियु नपाएर बिरामी रेफर गर्नुपर्ने अवस्थाकोे अन्त्य हुने बताउनुभयो । ९ सर्जिकल आइसियु बेड थपिएसँगै अस्पतालले आइसियु र एचडियु गरी करिब ११० बेडबाट सेवा दिने बताउनुभयो ।
    गत वर्ष वीर अस्पतालले ६ लाख ७५ हजारलाई ओपिडी सेवा दिएको अस्पतालको तथ्यांक छ । त्यस्तै इर्मर्जेन्सीमा ३५ हजार,  शल्यक्रियातर्फ २६ हजार ९ शय ३३ बिरामीलाई अस्पताले सेवा दिएको थियो। अस्पतालले हाल ६ फार्मेसी तथा १८ वटा काउन्टरबाट सेवा दिइरहेको छ ।
    उहाँका अनुसार वीर अस्पतालले हाल रेस्पेरेटिभ आइसियु ५, मेडिकल ८, सीसीयु ८, एआईसीयु १४, न्युरो आइसीयु ५, आइसियु ७३, सर्जिकल आइसीयु ९, बर्न आइसीयु  ५ लगायत आइसियु र एचडीयु गरी ११० वटा सञ्चालनमा गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार