काठमाडौँ, २३ असार । बिहीबारबाट वीर अस्पतालमा एक सय बेडको आइसीयू पनि सञ्चालनमा आउनेछ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा. जागेश्वर गौतमले बिहीबारबाट एकसय बेड क्षमताको आइसियु सञ्चालनमा आउने बताउनुभयो ।
यस्तै वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको आइतबार औपचारिक रुपमा उदघाटन हुने छ । उक्त भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने छ ।