• सोमबार, १५ भदौ २०८३
  • images

    वीर  अस्पतालमा अब नियमित मिर्गौला प्रत्यारोपण हुने

    वीर  अस्पतालमा अब नियमित मिर्गौला प्रत्यारोपण हुने

    हेल्दीखबर
    आइतबार, असार २७ २०७८
    हेल्दीखबर
    आइतबार, असार २७ २०७८
    वीर  अस्पतालमा अब नियमित मिर्गौला प्रत्यारोपण हुने


    काठमाडौं, २७  असार  । वीर अस्पतालले अब महिनामा १५ जनाको मिर्गौला प्रत्यारोपण गर्ने भएको छ । 
     अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गौतमले अब महिनामा १५ जनाको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको जानकारी गराउनुभयो । 
     अस्पतालको  नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा उहाँले अस्पतालले अब गर्ने कार्यको योजना सुनाउँदै एक महिनामा १५ जनाको मिर्गौला प्रत्यारोपण हुने जानकारी पनि दिनुभयो । प्रत्यारोपणका लागि हामीले सम्र्पूण तयारी पूरा गरेको जानकारी दिदै उहाँले तत्काल अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्पन्न हुने बताउनुभयो । 
    उहाँले हाल भइरहेको डाइलासिस सेवालाई पनि बढाइने जानकारी दिनुभयो । वीर अस्पतालमा सन् २००८ देखि प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा निरन्तर मिर्गौला प्रत्यारोपण हुदै आएको थियो । डा. श्रेष्ठ भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा कमी आएको थियो । पछिल्लो दुई वर्ष देखि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार