• सोमबार, १५ भदौ २०८३
  • images

    बिहीबार चिकित्सक संघले स्वास्थ्य मन्त्रालय र सिडिओ कार्यालय घेर्ने 

    बिहीबार चिकित्सक संघले स्वास्थ्य मन्त्रालय र सिडिओ कार्यालय घेर्ने 

    बुधबार, वैशाख १० २०८२
    बुधबार, वैशाख १० २०८२
    बिहीबार चिकित्सक संघले स्वास्थ्य मन्त्रालय र सिडिओ कार्यालय घेर्ने 

    काठमाडौं,१० वैशाख । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । 
    आवासीय चिकित्सकलाई  सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा नआएको भन्दै सरकारलाई दबाब दिन संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
    बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखेको छ । 

    ुसंघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गरेको छ । 
    नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले २४ घण्टाभित्र माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायतलाई आग्रह गर्नुभयो । 
    नेपाल चिकित्सक संघको विस्तारित कार्यसमिति र आन्दोलनरत चिकित्सकहरूको छलफल भइ विगत २८ दिनदेखि चिकित्सकहरुको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनता  देखाएकाले उक्त निर्णय गरेको हो । 
    पटक–पटक समाधानको पहल चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 

    May be an image of text May be an image of hospital and text

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार