• आइतबार, ८ कात्तिक २०८३
  • images

    १४ लाख ४६ हजार किशोरीले लगाए एचपीभी खोप

    १४ लाख ४६ हजार किशोरीले लगाए एचपीभी खोप

    बिहीबार , फागुन २२ २०८१
    बिहीबार , फागुन २२ २०८१
    १४ लाख ४६ हजार किशोरीले लगाए एचपीभी खोप

    काठमाडौँ २२ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएको बताउनुभएको छ ।

    सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताउनुभयो।
    उहाँले लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बताउनुभयो ।

    images

    उहाँले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताए। कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताउनुभयो।

    मन्त्री पौडेलले खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गर्नुभयो । उहाँले यो खोप पुरुषहरुलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको उल्लेख गर्नुभयो।

    उहाँले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘हालसम्म उपलब्ध सूचनाहरुको आधारमा तथ्यांक र प्रमाणहरुको आधारमा कुनै साइट इफेक्ट पर्ने कुरा अहिलेसम्म बुझिएको छैन । यो पूर्ण सुरक्षित छ भन्ने नै छ ।"
     पुरुषहरुलाई पनि दिने गरिएको छ । यसमा अध्ययन गरिरहेका उहाँको भनाइ छ। हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएका कारणले सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति हुनसक्छ कि त्यसको निम्ति गृहकार्य गरिरहेका छौँ मन्त्री पौडेलले भन्नुभयो । ’ 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार