• सोमबार, १५ भदौ २०८३
  • images

    पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप राष्ट्रिय कार्यक्रममा समावेश गर्न माग

    पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप राष्ट्रिय कार्यक्रममा समावेश गर्न माग

    हेल्दीखबर
    आइतबार, जेठ ७ २०८०
    हेल्दीखबर
    आइतबार, जेठ ७ २०८०
    पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप राष्ट्रिय कार्यक्रममा समावेश गर्न माग

    काठमाडौं,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद डाक्टर चन्दा कार्कीले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुको मृत्यु भएको बताउनुभएको छ।
    उहाँले क्यान्सर लाग्नबाट जोगाउन सकिने खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न माग गर्नुभएको छ।

    संसदमा आइतबार आफ्नो कुरा राख्दै सांसद डा कार्कीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोपलाई राष्ट्रिय खोप अभियान अन्तर्गत राख्दै नियमित सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । 

    उहाँले गत वर्षको नीति तथा कार्यक्रममा उक्त विषय राखिएको भएपनि कार्यान्वयन नभएको भन्दै यसै वर्षदेखि त्यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्दै सन् २०३० को लक्ष्य प्राप्ति तर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार