• सोमबार, १५ भदौ २०८३
  • images

    पाठेघरको मुखको क्यान्सर विरुद्धको २० हजार भाइल 'एचपीभी' खोप ल्याइयो 

    पाठेघरको मुखको क्यान्सर विरुद्धको २० हजार भाइल 'एचपीभी' खोप ल्याइयो 

    ९ देखि १४ वर्षका किशोरीलाई लगाइने

    हेल्दीखबर
    मंगलबार, असार १९ २०८०
    हेल्दीखबर
    मंगलबार, असार १९ २०८०
    पाठेघरको मुखको क्यान्सर विरुद्धको २० हजार भाइल 'एचपीभी' खोप ल्याइयो 

    काठमाडौं,१९ असार ।  पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको २० हजार भाइल खोप आएको छ।

     सरकारले खरिद गरेको उक्त खोप मंगलबार काठमाडौं ल्याएर  टेकुस्थित खोप भण्डारमा राखिएको छ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खोप भित्रिएको र भण्डारण गरिएको महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको खोप नेपाल आइपुगेको जानकारी दिनुभयो।
    यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो।

    क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँने हुँदा बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु उत्तम हुने जानकारी दिनुभयो।

    सरकारले पनि यो खोप ९ देखि १४ वर्ष उमेरका किशोरीलाई लगाउने तयारी गरेको छ। चालु आर्थिक वर्षको बजेटमा नै उल्लेख भएको यो खोप खरिदको विषयमा आर्थिक वर्षक सकिन केही दिन मात्र बाँकी रहँदा भित्रिएको छ। सरकारले खोप कसर लगाउने भन्ने विषयमा केही समयपछि निर्णय गर्ने बताइएको छ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सरोकारवालाहरुसँगको छलफलपछि कहाँ र कहिले देखि खोप लगाउने भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

    यो खोप नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सले नेपालमा भित्र्याएको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार