देशभरका ७ अस्पतालबाट लगाउन सकिने
काठमाडौं, २२ भदौ । सरकारले पाठेघर क्यान्सरको क्यान्सर विरुद्धको खोप लगाउने भएको छ ।
पाठेघर क्यान्सरको जोखिम कम गर्न सरकारले सात प्रदेशका मुख्य अस्पतालमा एचपीभि खोप वितरण गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही भदौ २७ गतेदेखि ३० गतेसम्म क्यान्सर विरुद्धको दोस्रो चरणको खोप वितरण गर्न भएको हो ।
उक्त खोप १४ वर्षका किशोरीहरुलाई लगाइने मन्त्रालयले जनाएको छ । यसपटकका लागि सरकारले १९ हजार ९९८ खोप वितरण गर्न लागेको छ । मन्त्रालयको खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा दोस्रो चरणको खोप सञ्चालन हुने भएको छ ।
परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले सन् २०२५ सम्ममा लक्षित वर्गसम्म पुर्याइने जानकारी दिदै त्यसको लागि सरकार क्रियाशिल रहेको बताउनुभयो ।
खोप शाखा प्रमुख डा.अभियान गौतमले पाठेघरको क्यान्सर विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले समेत मान्यता प्रदान गरेकोले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।
खोप कोशी प्रदेशको कोशी अस्पताल विराटनगर, मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँ, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्ज बाँके, कर्णाली र्प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल तोकिएको जानकारी दिनुभयो । त्यसपछि सातवटै प्रदेशका अस्पतालमा नमूना खोप कार्यक्रम सुरु हुने छ । डा.गौतमले एक पटक खोप लगाईसकेपछि ६ महिनाको अन्तरमा अर्को डोज पनि खोप लगाउनुपर्ने बताउनुभयो ।
उक्त खोप कोशी अस्पतालमा २८ भदौ, नारायणीमा २९ भदौ, प्रसूतिगृहमा २७, गण्डकीमा २७, भेरी २७ , डडेल्धुरा अस्पतालमा २७ र सुर्खेत अस्पतालमा २७ गतेदेखि प्रर्दशन हुनेछ । डा.गौतमका अनुसार एचपीभी एक किसिमको विषाणु हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९४ प्रतिशत भन्दा बढी एचपीभीले गराउँछ । एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ ।
सरकारले सन् २०१५/०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो । २०२४ सम्ममा देशभरका सबै किशोरीलाई वितरण गरिसक्ने लक्ष्य लिएको छ । एचपीभि खोप (सेकोलिन )६ महिनाको अन्तरालमा २ मात्रा लगाउनु पर्छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्ने खोप शाखाले जनाएको छ । एचपीचि खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५५ सम्म सुरक्षा प्रदान हुने विशेषज्ञहरुले दाबी गरेका छन् । एचपीभि खोप नेपालमा नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुले पनि वितरण गर्दै आएका छन् ।